Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

शिक्षक सँगको वार्ता एक/दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघ संगको वार्ता एक ,दुई दिन भित्रै निश्कर्षमा पुग्ने बताएका छन् ।

'शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबीचमा गम्भीर छलफल भइरहेको छ, नियमित भर्ना र १२ कक्षाको परिक्षा प्रभावित नहुने गरि वार्ता सफल पार्ने कोशिश भईरहेको भईरहेको छ 'विद्यालय शिक्षा विधेयकका बारेमा शिक्षा विभागको आधिकारिक धारणा तय गर्ने क्रममा पार्टी कार्यालय सानेपामा भ्रातृ र सुवेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा महरले उक्त कुरा बताएका हुन्।

उनले सरोकारवालाहरूबीचको वार्ता सकारात्मक रहेकाले एक/दुई दिनमै निकास निस्कने विश्वाससमेत व्यक्त गरेका छन्। शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया नै अवरुद्ध हुनुका साथै कक्षा १२ को परीक्षासमेत अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै कांग्रेस समस्या समाधानमा गम्भीर रहेको उनले बताए।

उनले सरकारलाई समेत माग सम्बोधनमा गम्भीर हुन आग्रह गरेका छन्। 'चैत २० यता शिक्षकहरू निरन्तर प्रदर्शनमा हुनुहुन्छ। यसले लाखौं विद्यार्थी मारमा परेका छन्। यस्तो अवस्थामा सरकारसँगको शिक्षकहरूको वार्ता सकारात्मक रुपमा अघि बढिरहेकाले चाँडो निकासमा पुर्‍याउनुपर्छ। यो संवेदनशील घडीको आन्दोलनरत शिक्षक समुदायले बुझ्ने कुरामा पनि हामी विश्वस्त छौं।छलफल सकारात्मक भएर मात्र हुँदैन, निश्कर्षमा पुग्नु जरुरि छ,'उनले भने।

भर्ना प्रक्रिया अवरुद्ध नहोस् र कक्षा १२ को परीक्षा प्रभावित नहोस् भन्नेमा कांग्रेस चिन्तित रहेकाले सरकार र शिक्षक महासंघ संग निरन्तर छलफल भइरहेको समेत उनले प्रस्ट पारेका छन्।

शिक्षा विधेयकका विषयमा पार्टीको आधिकारिक धारणाका लागि शिक्षा विभाग प्रमुखको हैसियतले आफूहर शिक्षा विधेयकको ड्राफ्ट निर्माणका लागि  पार्टी भित्र बाहिर छलफल ,अन्तक्रिया भइरहेको महरले जनाएका छन्।

'नेपालको संविधानले व्यवस्था गरेको १२ कक्षासम्म नि:शुल्क शिक्षा कार्यान्वयनको सवाल र 'थ्री पी' पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणा अनुरुप निजी लगानीको संरक्षण गर्ने , शिक्षामा २०% बढी वजेट विनियोजन, विदेशी विश्वविद्यालय बाट अनुमति लिएर संचान भएका कलेज र शैक्षिक परामर्शदातृ संस्थाहरुको नियमन,प्रविधिक र जीवन उपयोगि शिक्षा कुरामा पनि कांग्रेसले धारणा तय गर्दै छ। एकै प्रकारका शिक्षकको व्यवस्था गर्ने, राज्यको हैसियतले भ्याएसम्म शिक्षकहरूको सेवा सुविधा बनाउने, उनीहरूको बढुवालगायत शिक्षकका थुप्रै मागप्रति कांग्रेस सकारात्मक छ,' महरले भने।

कांग्रेस शिक्षाको गुणस्तरीयता कायम गर्न र शिक्षकका माग सम्बोधनमा दृढ रहेको कुरामा कसैलाई दुविधामा नपर्ने महरले आग्रह गरेका छन्।तर गुणस्तरिय शिक्षाका लागि शिक्षकको कर्तव्य र योगदान बढी जिम्मेवार हुने कुरा पनि विर्शिनु हुदैन  'विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा नेपालको हुनुपर्छ भन्नेमा हामी दृढ छौं। शिक्षकका माग सम्बोधन र शिक्षा क्षेत्रका समस्या समाधानका लागि हामी घनिभूत परामर्शमा छौं , हामीले अशल र गतिशिल शिक्षकका मार्फत उन्नत शिक्षाको समाजले अपेक्षा गरेको ।यद्यपी चाँडै समस्याको हल निस्कन्छ,' उनले भने।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

दुई जिल्लाको सिमानामा चम्किँदै सोलेडाँडा, पर्यटकको नयाँ रोजाइ

पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending