Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा

खबरडबली संवाददाता

रौतहट। रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ । ती दुईमध्ये पनि कार्यालय प्रमुख दरबन्दी अनुसार प्रशासनको उपसचिव नभएको कारण सेवा प्रवाहमा समस्या भइ रहेको स्थानीयको गुनासो छ ।

निमित्त कार्यालय प्रमुख तथा लेखा अधिकृत बाहेक २० जना करारका कर्मचारीबाट कार्यालय सञ्चालन भएको छ । रौतहट र सर्लाही कार्य क्षेत्र भएको यस कार्यालयको वार्षिक बजेट झन्डै ८५ करोड रहेको निमित्त कार्यालय प्रमुख सञ्जय कुमार मिश्रले बताए। आर्थिक बर्ष २०८१(०८२ मा टेण्डर प्रक्रिया प्रक्रिया मार्फत सञ्चालन हुने योजना ३२ वटा तथा उपभोक्ता समिति मार्फत संचालन हुने योजना १ सय २० वटा रहेको कार्यालयले जनाएको छ ।

टुक्र्याउनु पर्ने बाहेक अधिकांश योजनाको सम्झौता भइ कार्य अघि बढे पनि स्थायी कर्मचारी नभएको कारण कार्य सम्पादनमा असर परि रहेको निमित्त कार्यालय प्रमुख मिश्रले बताए।

स्थायी कर्मचारी नहुँदा हरेक कामको आफैले अनुगमन गर्नुपर्ने बाध्यता समेत रहेकोले कार्यालयको सेवा प्रवाहमा समस्या आइरहेको बताउनु हुँदै निमित कार्यालय प्रमुख मिश्रले स्वीकृत दरबन्दी अनुसार कर्मचारी व्यवस्थापनमा मन्त्रालयले चासो लिनु पर्ने बताए ।

कार्यालयले मठ मन्दिर सौर्यन्दिकरण, धर्मशाला बिबाह भवन निर्माण, ताल पोखरी सौर्यन्दिकरण पर्यटकिय क्षेत्रको सौर्यन्दिकरण लगायतका क्षेत्रमा काम गरि रहेको जनाएको छ।

कर्मचारी अभावमा दरबन्दी अनुसारको कार्यालय प्रमुख खटाउन नसकेको स्विकार्नु हुँदै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय जनकपुरधामका सचिव जय कुमार घिमिरेले रौतहट र सर्लाहीबाट यस बिषयमा धेरै गुनासो आइसकेकोले केहि दिनमै दरबन्दी अनुसारको कार्यालय प्रमुख सहित अन्य कर्मचारी मन्त्रालयले खटाउने तयारि गरिरहेको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending