काठमाडौँ । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।
मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो ।
यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।
जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ ।
जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो ।
नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएको हो । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए। बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरे।
उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाएको हो । यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोडे ।
बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिए । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - ११:०९
काठमाडौं । इरानका पूर्वविदेशमन्त्री कमाल खराजी को उपचारका क्रममा निधन भएको छ। अप्रिलको सुरुमा आक्रमणमा परी गम्भीर घाइते भएका खराजीको अस्पतालमा उपचार भ...
चैत्र २७ गते, २०८२ - १०:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने जनाइएको छ।...
चैत्र २७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ । पालिकाभर दुई हजार ६५...
चैत्र २७ गते, २०८२ - १०:००
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट का...
चैत्र २७ गते, २०८२ - ०९:३४
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका ११ सुकौराकोटस्थित थारु राजा दंगीशरणको भग्नावशेष दरबारमा पुन: उत्खनन कार्य सुरु गरिएको छ । पुरातत्व विभाग, काठमाडौँक...
चैत्र २६ गते, २०८२ - १९:४४
काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...
चैत्र २६ गते, २०८२ - १९:३७
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...
चैत्र २६ गते, २०८२ - १९:३३
काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनु...
चैत्र २६ गते, २०८२ - १९:२०
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...
चैत्र २६ गते, २०८२ - १९:१५
भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...


प्रतिकृया लेख्नुहोस्: