Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाको कव्जामा

खबरडबली संवाददाता

झापा । झाापाको  शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले हात पारेपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल सरकारी जग्गाको संरक्षणमा जुटेका छन् ।

विगत पाँच दशकदेखि कनकाई सिँचाइ आयोजनाको भोगाधिकार रहेको ११ बिगाहा सात कट्ठा जग्गामध्ये कित्ता नं १८२ को चार बिगाहा जग्गामा वडा नं १० को कार्यालय भवन, प्रहरी चौकी, कभर्ड हल र फुटबल मैदान रहेको छ ।

वडाध्यक्ष हर्क सिगुका अनुसार विसं २०४६ जेठ २९ गते भूपाल किरातीको नेतृत्वमा गठित सुकुम्बासी समस्या समाधान आयोगबाट दमक वडा नं ५ का केशरबहादुर खड्काले मिलेमतो गरेर उक्त चार बिगाहा जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । सरकारी स्वामित्वको उक्त जग्गामा खड्काले कहिल्यै भोगचलन गरेको छैन ।


खड्काले सो जग्गा विसं २०४७ असोज १ गते लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीलाई बिक्री गरेको जनाइएको छ । तीनै जना व्यक्ति हालसम्म जग्गाको भोगचलन गर्न नआएको वडाध्यक्ष सिगुले बताए। नगरपालिकाले सो जग्गाको बिक्री रोक्का गरेको छ ।

‘सरकारी स्वामित्वको जग्गा झुक्याएर हत्याएका भूमाफिया अहिले आएर जग्गा फुकुवा गरिदिनु पर्यो भन्दै मालपोत कार्यालयमा पुगेको थाहा भयो’, वडाध्यक्ष सिगु भन्छन्, ‘तर, हामी जनप्रतिनिधि र राजनीतिक दल यो जग्गा भूमाफियाको चङ्गुलमा पर्न दिँदैनौँ  । ’

पूर्वनगरप्रमुख चन्द्रकुमार शर्माले २०४६ सालको तरल राजनीतिक परिस्थितिमा कर्मचारीसँग मिलेर भूमाफियाले जग्गाको धनीपूर्जा निकालेको बताए । उनले उक्त जग्गा सरकारी स्वामित्वमा फर्काउन आफ्नो नेतृत्वकालमा पहल गरिएको बताए।

नेपाली कांग्रेसका महाधिवेशन प्रधिनिधि पर्शुराम ढुङ्गानाले सरकारी जग्गा भूमाफियाबाट फर्काउन स्थानीय सबै राजनीतिक दल एकमत रहेको बताए । प्रदेश सरकार र सङ्घीय सरकारलाई पनि यस विषयमा ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ छ ।

जग्गा फुकुवा गर्न लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीका तर्फबाट केही बिचौलिया सक्रिय रहेको वडा सदस्य दीपक पोखरेलको भनाइ छ । उनले भने, ‘जसले जग्गाको स्वामित्व दाबी गरिरहनुभएको छ, उहाँहरु यो नगरको बासिन्दा होइनन्, उहाँहरुलाई जग्गाको साँध सिमाना पनि थाहा छैन, भोगाधिकार पनि उहाँहरुको छैन, केही बिचौलिया जग्गा फुकुवा गरेर कमाउने दाउमा लागिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

हारबाट विचलित नहुन आग्रह, रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...

केपी ओलीसँग शिक्षण अस्पतालमै बयान सुरु

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...

संसदको पहिलो बैठकमा आरोप–प्रत्यारोप र रोचक दृश्य

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending