काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो ।
बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमा कायम भएको छ ।
बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको भयो । २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो ।
प्रतिकृया लेख्नुहोस्: