Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सुदूरपश्चिमद्वारा कोसी प्रदेशलाई २४३ रनको लक्ष्य

खबरडबली संवाददाता

दाङ । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जितका लागि २४३ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको आजको खेलमा सुदूरपश्चिमका किरण ठगुन्नाको शतकीय पारीमा कोसीलाई २४३ रनको विजयी लक्ष्य दिएको हो । उनले ९१ बलमा चार छक्का र १२ चौकाको मद्दतमा एक सय १५ रन बनाए । योसँगै उनले दुई शतक पूरा गरेका छन् ।

गत फागुन २५ गतेदेखि जारी प्रतियोगितामा किरणले यसअघि पनि गण्डकी प्रदेशविरुद्ध अविजित एक सय २१ रन बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।

आजको खेलमा सुदूरपश्चिमले ४३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४२ रन जोड्यो । सुदूरपश्चिमका लागि टेक बोहरा १६, अर्जुन विक १५, शेर मल्ल र कप्तान नारायण जोशी समान १४र१४ रन बनाएर आउट भएका हुन् । सौर्य श्रेष्ठ र निश्चल क्षेत्रीले समान १० रन बनाए । 

कोसी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले चार विकेट लिए । फिर्दोश अन्सारी र कप्तान अङ्कित सुवेदीले समान दुई दुई विकेट लिए । दिपेश कँडेल, प्रकाश कार्कीले समान एक एक विकेट लिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर

इनरुवा। इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको छन् । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले...

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आइएमएफ

न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण ...

स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनुपर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छन् । ...

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगल...

औषधि मूल्य वृद्धि प्रकरण: महानिर्देशक ढकाल मन्त्रालय तानिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल लाई मन्त्रालयमा तानेको छ। औषधिको मूल्य वृद्धि गरेको उजुरी परेपछि उनीमाथ...

आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले व्यापारव्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै हाम्रो आर्थिक समृद्धिको मूल आधार भएको धा...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनकोे मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा रु ८५ ले घटेको छ...

इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको निधन

काठमाडौं । इरानका पूर्वविदेशमन्त्री कमाल खराजी को उपचारका क्रममा निधन भएको छ। अप्रिलको सुरुमा आक्रमणमा परी गम्भीर घाइते भएका खराजीको अस्पतालमा उपचार भ...

दिउँसो १ बजे रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने जनाइएको छ।...

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ । पालिकाभर दुई हजार ६५...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending