काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई एक सय ३१ रनले हरायो । बागमतीको जितका सूर्य तामाङ एक्लैले पाँच विकेट लिएको थिए ।
जितका लागि दुई सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा सर्बै विकेटको क्षतिमा एक सय नौ रनमा समेटिएको थियो । कोशीका लागि अईस भट्टराईले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै सुजन थपलिया २५ र फिर्दोश अन्सारी २४ रन बनाए ।
अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कोशीलाई सस्तोमा समेट्न बलिङमा बागमतीका सूर्यले नौ ओभरमा जम्मा २७ रन खर्चिएर पाँच विकेट लिएको हो । यस्तै रिजन ढकालले तीन तथा साकार गजुरेलले दुई विकेट झारे।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३९ रन बनाए ।
यस्तै ओपनर आशुतोष घिरैया २९, इशान पाण्डे र विपिन आचार्यले २५/२५, रिजन ढकालले अविजित २२, सोनु देवकोटाले १८, सूर्य तामाङले १७ र गौतम केसीले १६ रन बनाए ।
बलिङमा कोशीका सुजन थपलिया र प्रकाश कार्कीले दुई दुई तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र फिर्दोश अन्सारीले एक एक विकेट लिए। जितसँगै सात खेलबाट ६ अङ्क बनाएको बागमती छैटौँ स्थानमा छ । समान खेलबाट दुई अङ्क बनाएको कोशी अन्तिम तथा १०औँ स्थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: