काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई एक सय ३१ रनले हरायो । बागमतीको जितका सूर्य तामाङ एक्लैले पाँच विकेट लिएको थिए ।
जितका लागि दुई सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा सर्बै विकेटको क्षतिमा एक सय नौ रनमा समेटिएको थियो । कोशीका लागि अईस भट्टराईले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै सुजन थपलिया २५ र फिर्दोश अन्सारी २४ रन बनाए ।
अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कोशीलाई सस्तोमा समेट्न बलिङमा बागमतीका सूर्यले नौ ओभरमा जम्मा २७ रन खर्चिएर पाँच विकेट लिएको हो । यस्तै रिजन ढकालले तीन तथा साकार गजुरेलले दुई विकेट झारे।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३९ रन बनाए ।
यस्तै ओपनर आशुतोष घिरैया २९, इशान पाण्डे र विपिन आचार्यले २५/२५, रिजन ढकालले अविजित २२, सोनु देवकोटाले १८, सूर्य तामाङले १७ र गौतम केसीले १६ रन बनाए ।
बलिङमा कोशीका सुजन थपलिया र प्रकाश कार्कीले दुई दुई तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र फिर्दोश अन्सारीले एक एक विकेट लिए। जितसँगै सात खेलबाट ६ अङ्क बनाएको बागमती छैटौँ स्थानमा छ । समान खेलबाट दुई अङ्क बनाएको कोशी अन्तिम तथा १०औँ स्थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: