काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएको छ ।
सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । प्रतियोगितामा अपराजित पुलिसको यो लगातार छैटौँ जित हो ।
जितका लागि गण्डकीले दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १६ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । जितसँगै शीर्षस्थानमा रहेको पुलिसले ६ बाट १२ अङ्क बनाएको छ । पराजित गण्डकी समान खेलबाट दुई अङ्क जोड्दै अन्तिममा छ ।
यस्तै बुटवलको एक्ट्राटेक ओभल मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले हरायो । जितका लागि लुम्बिनीले दिएको एक सय १७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । जितसँगै सुदूरपश्चिमले ६ खेलबाट चार अङ्क बनाएको छ । पराजित लुम्बिनीको समान खेलबाट आठ अङ्क छ ।
यस्तै लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको अर्को खेलमा मधेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले हराएको छ । जितका लागि आर्मीले दिएको दुई सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
जितसँगै पाँच खेलबाट चार अङ्क बनाएको मधेश छैटौँ स्थानमा छ । पहिलो हार खेपेको आर्मी ६ खेलबाट १० अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: