काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो ।
बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय गरेको छ ।
मन्त्री गुरुङले अनुचित लेनदेन(मिटरब्याज) अपराध नियन्त्रणका लागि सुरक्षासहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको तीन सदस्यीय अनुचित लेनदेन(मिटरब्याज) सम्बन्त्री जाँचबुझ आयोग २०८१ गठन गर्ने निर्णय बैठकले गरेको बताए ।
यसैगरी आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालन उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौँका लागि अधिकृतस्तरका आठ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै, गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गर्ने, कान्ति बाल अस्पताल भवन पुनर्निर्माण कार्यलाई विशेष परियोजनाको रूपमा कार्यान्वयन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने र स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको पदमा रघुराज काफ्लेलाई नियुक्ता गर्ने निर्णय बैठकले गरेको छ । यससँगै मन्त्रिपरिषद् बैठकले अन्य २५ वटा निर्णय पनि गरेको छ ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: