Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

झापाको बिर्तामोडमा ग्याङ फाइट: युवा सङ्घका केन्द्रीय सदस्य सहित तीन जना घाइते

खबरडबली संवाददाता

बिर्तामोड।  झापाको बिर्तामोडमा  ग्याङ फाइट हुँदा युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्जसहित ३ जना घाइते बनेका छन् ।

सोमवार राती १ बजेको समयमा तरबार प्रहारबाट एमाले निकट युवा सङ्घका झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका ४ बस्ने ३७ वर्षीय खगेन्द्रराज आङदेम्बे९राज०, एमालेका बिर्तामोड नगर कमिटी सदस्य बिर्तामोड नगरपालिका ९ बस्ने ३५ वर्षीय विश्वदीप राजवंशी र बिर्तामोडकै एमाले कार्यकर्ता ३० वर्षीय अजय खवास घाइते भएका हुन् । 

घाइतेहरू सबैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केन्द्रीय सदस्य खगेन्द्रको आइसियुमा र बाँकीको अवस्था सामान्य रहेको  इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।  घाइते आङदेम्बे एमाले कार्यकर्ता खगेन्द्र खालिङको घरमा  राती १ बजे गएका थिए त्यहाँ विवाद हुँदा खालिङले तरबार प्रहार गरेका थिए । घाइते आङदेम्बेलाई रोक्न खोज्दा अर्का घाइते अजय खवासको हातको ४ वटा औँला काटिएको छ ।

खवासको शरीरको विभिन्न स्थान र अनुहारमा चोट लागेको छ । उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको युवा सङ्घका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका पर्वतराज भण्डारीले बताए।  यता अर्का घाइते विश्वदिप राजवंशीलाई भने बिर्तामोड नगरपालिकास्थित भद्रपुर रोडमा  दरबार रेष्टुरेन्टबाट ओर्लिनसाथ मोटरसाइकलमा आएका ४ जनाको समूहले आक्रमण गरी घाइते बनाएका छन्  । घाइतेको अस्पतालमा उपचार भइरहेको र आक्रमणमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

झगडामा सामेलहरू सबै जना एक अर्काका मिल्ने साथी भएको बुझिएको छ । उनीहरूबिच आर्थिक लेनदेनको विषयले झगडा परेको हो या राजनैतिक कारणले हो यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending