Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

श्रमिककै पैसामा तारे होटलमा रोजगार सम्मेलन !

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रममन्त्री शरत्‌सिंह भण्डारीलगायत। तस्बिर : रासस
खबरडबली संवाददाता

काठमाडौं ।  सरकारले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा  श्रमिककै पैसामा खर्च गरेको पाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा जम्मा भएको रकमबाट सम्मेलन आयोजना गरेको हो। कोषमा वैदेशिक रोजगारीमा गएका कामदारले रकम संकलन गर्दै आएका छन्। सम्मेलनका लागि उक्त कोषको कम्तीमा सातदेखि १० करोड खर्च हुने अनुमान श्रम मन्त्रालयका अधिकारीहरूले गरेका छन्।

मन्त्रालयले भने कोषबाट खर्च गरेको विषयमा केही खुलाएको छैन। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको स्रोत कहाँबाट जुट्यो र प्रायोजक को हो भन्ने जिज्ञासामा श्रम मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले केही बताएनन्। उनले सम्मेलनको खर्च र उपलब्धि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए। गत वर्ष पनि तत्कालीन श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमाधान मेलाका  लागि कोषकै रकम खर्च गर्दा आलोचित भएका थिए। कोषको रकम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको हकमा बाहेक अन्यत्र प्रयोग गर्न नपाइने व्यवस्था छ।

वैदेशिक रोजगार बोर्डका अधिकारीहरूका अनुसार सम्मेलनको खर्च कल्याणकारी कोषबाट गरिएको छ। कोषकै पैसाले रोजगार सम्मेलन गर्ने गरी छलफल भएको र सोहीअनुसार पैसा निकासीको तयारी भइरहेको बोर्डका एक उच्च कर्मचारीले जानकारी दिए। श्रम मन्त्रालयले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा श्रम तथा रोजगार सम्मेलन आयोजना गरिसकेको छ। यी सम्मेलनबाट श्रम मन्त्रालयले आन्तरिक रोजगारीमा महत्त्वपूर्ण भूमिका खेल्न सकेको छैन।

यसपटकको सम्मेलनमा रोजगारी सिर्जना गर्ने भूमिकामा रहेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल होटल संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, ट्रेड युनियन प्रतिनिधि, नेपाल सुन–चाँदी व्यवसायी संघ, रिटर्नी कामदारलगायत करिब ३ दर्जन संस्था र विज्ञहरूसहित पाँच सयको सहभागिता रहेको श्रम मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्करले आन्तरिक रोजगारी वृद्धि गरी वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्ने उद्देश्यका साथ पाँचौँ  राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गरिएको बताए। पुष्कर सम्मेलन मूल समारोह समितिका संयोजक हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौँको याक एन्ड यती होटलमा सम्मेलन उद्घाटन गरे। प्रधानमन्त्रीले सम्मेलनले देशमा रोजगारीको नयाँ मार्गचित्रको सिर्जना गर्ने र यसबाट श्रमिकले फाइदा लिने बताए। आन्तरिक रोजगारीमा वृद्धि गरी वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरतालाई घटाउँदै जानुपर्ने बताउँदै प्रधानमन्त्रीले आन्तरिक रोजगारी सुधार्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार समापन हुने सम्मेलनमा आन्तरिक रोजगारी सिर्जनाका लागि सम्भावित क्षेत्रको पहिचान र प्रवर्धनन, नेपालमा रोजगार सेवा तथा सुविधाको विकास र विस्तार, श्रम आप्रवासन व्यवस्थापनका विषयमा छलफल हुनेछ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन श्रमशक्तिको उपयोग गर्न सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोगमा केन्द्रित रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव पुष्करका अनुसार रोजगार सम्मेलन रोजगारदाता, रोजगारी सिर्जना, सीप तालिम, सीप विकास, प्रविधिको सिर्जनात्मक अभ्यास, वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजी जोड्न लक्ष्यका साथ योजना बनाइएको छ।

सचिव पुष्करले रोजगार सम्मेलन ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’का लागि भइरहेको बताए। सम्मेलनमा रोजगारी सिर्जना, सीप तालिम, प्रविधिको सिर्जनात्मक अभ्यास र पुँजीगत छलफल हुनेछ। सम्मेलनको उद्देश्य ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ रहेको उनको दाबी छ।

पाँचतारे होटलमा सम्मेलन गरेर उद्देश्य पूरा हुन्छ त भन्ने जिज्ञासामा उनले श्रमिकका र रोजगारीको विषयमा छलफल गरी त्यसका आधारमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्देश्यअनुसार काम हुने बताए। विगतमा पनि यसरी नै सम्मेलन भएको उनले बताए।

समितिले नेपालमा श्रम शक्तिको उपयोग गर्न सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोगमा केन्द्रित हुनुको सट्टा तारे होटलमा सम्मेलन आयोजना गरेर खर्च मात्रै बढी गरेको आरोप श्रम मन्त्रालयमाथि लागेको छ।

मन्त्रालयका अधिकारीहरू पनि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन खर्चमै समिति हुने बताउँछन्। मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सम्मेलनबाट केही प्रगति होला जस्तो देखिएन। कार्यक्रमको उद्देश्यविपरीत तारे होटलमा सम्मेलन आयोजना गरिएको छ।’

रोजगारविज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा लैंगिक मुद्दा, यस क्षेत्रका चुनौतीसँगै सुधारका विषय, पुँजी प्रविधिको उत्पादनमा प्रयोग, सूचना प्रविधिको विकासजस्ता विषयमा छलफल हुनु राम्रो पक्ष भएको बताउँछन् । उनले कतिपय विषय रोजगारी र श्रमिकका मुद्दाभन्दा पनि बाहिर गएर छलफल गर्न खोजिएको बताए। यसका कारण राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनले दिन खोजेको उद्देश्य पूरा नहुन सक्ने उनको बुझाइ छ। ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्नु राम्रो विषय हो। आयोजकले सम्मेलनको मार्गचित्रमा ध्यान दिनुपर्छ। उद्देश्यअनुसार सम्मेलन गर्नुपर्छ। हामीले सरकारलाई दिने सुझाव यही हो’, उनले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम नेपालबाट भित्रियो पानी पार्ने अर्को प्रणाली

काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) दिउँसो १:२० बजे सूचना जारी गरी वर्षा गरा...

महाकालीमा पुल हाल्न म पहल गर्छु : हर्क साम्पाङ

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ पुगेका हर्क साम्पाङले तुइन विस्थापनको अभियानअन्तर्गत झोलुङ्गे पुल निर्माणको सुरुवात गरेका छन्। उनले घ...

१० प्रतिशतले बढ्यो सुदूरपश्चिममा गरिबी

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश  सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...

अमेरिकाले इरानको पुनर्निर्माणमा पनि सहयोग गर्नेछ: ट्रम्प

काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णयप्रति संसदमा आपत्ति

काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध प्रतिनिधि सभामा आवाज उठेको छ। बुधबार बसेको प्...

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ...

देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढ्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...

विराटनगर विमानस्थलमा एकाविहानै ५५ जना सवार विमान दुर्घटना भएपछि...

विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...

एनटीसीमा अब डाटा प्याकेज सकिएपछि पनि काटिने छैन पैसा, कसरी लिने सुविधा ?

काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...

भैँसीपालनमा जुट्दै भोजपुरको लुङ्गिनका किसान

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending