काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि शुरु हुने शहिद स्मारक बी डिभिजिन लिगको तयारी पुरा भएको छ ।
एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै बी डिभिजन लिगमा सिङगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुने जानकारी दिएको हो । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।
प्रतियोगितामा देशभरका १४ क्लबहरु आरसिटी, श्री भगवती क्लब, दुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, विरगंज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ्ग ब्वाइज युनाइटेड को सहभागिता रहने एन्फाले जनाएको छ ।
प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ १०० र भीआइपी पारापिटतर्फ ३०० तय गरिएको छ भने एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ १०० कायम गरिएको छ ।
प्रतियोगिताका सम्पुर्ण खेलहरु प्राइम एचडी टेलिभिजन र प्राइम एचडीको युट्युव च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेता, उपविजेता तथा अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
जसमा प्रथम पुरस्कार १५ लाख, द्वितीय पुरस्कार १० लाख र तृतीय पुरस्कार ५ लाख रहेको छ भने फेयर प्ले टिमलाई एक लाख पुरस्कार दिइने एन्फाले जनाएको छ । त्यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ५०-५० हजार दिइने छ । त्यस्तै हरेक खेलका प्लेयर अफ द म्याचलाई ७ हजार ५०० दिइने एन्फाले जानकारी दिएको छ ।
प्रतियोगिताको हरेक खेलमा विजयी टोलीलाई थप २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमलाई १०-१० हजार प्रदान गरिनेछ । प्रतियोगिताको कुल बजेट ३ करोड ९३ लाख एक हजार ८१३ रहेको एन्फाले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: