Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छ : सभापति देउवा

खबरडबली संवाददाता

बर्दिबास । महोत्तरीको सीमावर्ती नगरपालिका मनरा सिसवाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार र मनरा सिसवा नगरपालिकाको करिव ७ करोड बढीको लागतमा निर्माण सम्पन्न प्रशासनिक भवनको नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले शुक्रवार एक समारोहबिच उद्घाटन गरेको हो ।

नगरपालिका प्रशासनिक भवनको उदघाटन गर्दै देउावाले नया भवनबाट जनताले पाउने सेवा सुविधाहरु थप प्रविधि मैत्री, चुस्त दुरुस्त र सहज हुने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकार भनेको जनताको हरेक समस्यामा साथ दिने सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकता औँल्याए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि स्थानीय सरकारको कामकारबाहीबाट समग्र सरकारको मूल्यांकन हुनेहुदा विकास निर्माण र जन्ताको कामलाई सर्वोपरि मानेर दायित्व निर्वाह गर्नु पार्ने धारणा राखे ।

“संघीय सरकारको सफलताको पछाडि स्थानीय सरकारको हात हुने भएकोले जनप्रतिनिधिहरुले जन सेवक भएर कम गर्नु पर्छ भन्ने मेरो मान्यता छ ।ू पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले आर्थिक समृद्धका लागि स्थानीय प्राकृतिक, धार्मिक र पुरातात्त्विक सम्पदाको प्रचारप्रसारदेखी कृषि पर्यटन लगायत क्षेत्रको आधुनिकीकरण र उर्वर भूमिको अधिकतम प्रयोग आवश्यक रहेको बताए।

नयाँ प्रविधिको प्रयोगले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारिकरण गर्नेदेखि नव प्रवर्द्धनात्मक क्षेत्रको पहिचान र परिचालन गरि आर्थिकरूपमा सम्पन्न स्थानीय तह बनाउन सकिने सम्भावना व्यक्त गरे। उनले भने, “सीपमूलक तालिमको अभियान सुरुगरेर रोजगारीको सम्भावना पहिचान गरेर कर्यान्वन गर्न सकिने नयाँ योजनाहरु अघि बढाउन सरकार र नेपाली काङ्ग्रेसले सहयोग पुर्याउने बिश्वास दिलाउन चाहन्छु । सडक, बिजुली, खानेपानी, सिचालगायतका क्षेत्रमा केन्द्र सरकारले साथ सहयोग र सहकार्य गर्ने छ ।

काङ्ग्रेस नेता विमलेन्द्र निधीले सहिद शिवचन्द्र मिश्र, मिथलेश दुवेको पवित्र भूमि रहेको मनरा सिसवा प्रजातान्त्रिक आन्दोलनका योद्धा र प्रेरक नगरपालिका रहेको स्मरण गरे । उनले नेपाली काङ्ग्रेस मुलुकको अग्रणी पार्टी भएकोले अन्य पार्टीले पनि काङ्ग्रेसलाई अभिभावक भएको धारणा राखे ।

यसअघि मनरा सिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेले ९ सय ५० वर्ग फिटमा फैलिएको तीन तले नयाँ भवन वातानुकुलित, भुकम्प प्रतिरोधि र आधुनिक उपकरणले युक्त रहेको बताए। भवनमा २६ वटा कार्यकक्षका साथै ३ सय जना अटने सेमिनार हल २ वटा बैठक कक्ष, स्तनपान कक्ष, अपाङ्गता भएका सेवाग्राहीका लागि र्‍याम्प सुविधा तथा अग्नी नियन्त्रक र जल आपूर्तिको समुचित व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताए।

कूल ७ करोड २८ लाख ५० हजार लागतमा निर्माणसम्पन्न यो संरचनाको ५० प्रतिशत रकम नेपाल सरकार र बाँकी नगरपालिकाको बजेटबाट खर्च भएको नगरप्रमुख मोहन पाण्डेले बताए। नगरप्रमुख पाण्डेले नगरपालिकाको वटा वडामध्ये वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरि सकेको, वडा कार्यालय निर्माणको चरणमा रहेको र नगर असपतला संचालनमा ल्याएको जनाउँदै नयाँ प्रशासनिक भवनले अव मानव संशासधन र सुशासनको क्षेत्रमा काम गर्न सहज हुने अपेक्षा जगाएको बताए। उनले भने, ‘नयाँ भवनले नगरवासीको गौरव र जनप्रतिनिधीको मनोवल बढाएको छ ।’

नगरका सामुदायिक विद्यालयमा संस्कृत शिक्षा र योग शिक्षा अनिवार्य गरेको नगर क्षेत्रका छात्रछत्राले कार्यक्रममा योगाभ्यास गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि, संघीय सांसद महेन्द्रकुमार राय, नेपाली काङ्ग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, मधेस प्रदेशका शिक्षा मन्त्री रानी शर्मा तिवारी, लगायतले समसामयिक समस्या र विषयमाथी ध्यानाकर्षण गराइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१२ प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा

काठमाडौँ। गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले आज १२ जना प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा गरेको हो । म...

विद्युत् सस्तो बनाउने बेला भ्याट थपेर महँगी बढाइयो : कुलमान घिसिङ

काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्को महसुल घटाउनुपर्ने समयमा उल्टै भ्याट थपेर महँगी बढाउने नीति लिएको आरोप लगाएक...

परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको राजधानी नयाँदिल्ली पुगेको छन् ।  भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारतको भ्...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप

काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव क...

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

फिदिम। मेची राजमार्ग अन्तर्गत पाँचथरको भारपा सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्। शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट ताप्...

नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३...

अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन : अध्यक्ष घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेको छन् । सरक...

नीतिगत र संस्थागत कब्जा अन्त्य गर्न सरकार निर्मम बन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताएको छन्। शुक्रबार राजधानीमा आयोजित ...

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रि...

राजस्व छली आशंकामा नियन्त्रणमा रहेका ७७९ विद्युतीय सवारीबारे छानबिन समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending