Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

राजनीति स्थिरता र विकासका लागि वर्तमान समीकरण: उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

अछाम। नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताएको छन । अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ । 

“देशका राजनीति स्थायित्व र स्थिरता नभईकन जनताले चाहे अनुसारको विकास निर्माणका कार्यहरू अगाडि बढाउन मुस्किल हुने भएकोले वर्तमान सरकार गठन भएको हो ।” मन्त्री सिंहले भने। राजनीतिक अस्थिरताले पटक पटक छोटो समयका लागि सरकार परिवर्तन हुने भएकोले जनताको चाहना अनुसारको वर्तमान सरकार भएको उनको भनाइ छ । संविधानप्रदत्त अधिकारहरू सबैलाई समान रूपमा उपभोग गर्न पाउने गरी आवश्यक सङ्घीय कानुनहरू समयमै बनाएर जनतालाई सेवा दिनेमा लागिरहेको मन्त्री सिंहको भनाइ रहेको छ । 

उपप्रधानमन्त्री सिंहले देशमा रहेका सम्पदा र संरचनाको विकास, विस्तार गरेर त्यसबाट आम्दानीको स्रोत बनाउन सकिने भनाइ राखे। दरबारको निर्माणमा बाँकी रहेका काम र मङ्गलसेन बजार क्षेत्रको विकासमा मन्त्रालयबाट सहयोग रहने बताए। 

दरबार हस्तान्तरण कार्यक्रममा अछाम क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मन्तव्य राखेको थिए।  उपप्रधानमन्त्री सिंहलाई मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले नगरका केही महत्त्वपूर्ण योजनासहितको ज्ञापन पत्र बुझाएको छन । 

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुखलगायतको सहभागिता थियो । उपप्रधानमन्त्री आजै जिल्लाको पञ्च देवल विनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending