Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

गुट–उपगुटले कांग्रेस कमजोर भयोः उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  गुट–उपगुटले कांग्रेस कमजोर भएको बताएका छन् । कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको उल्लेख गर्दै यसका लागि कांग्रेस नेता कार्यकर्ता जिम्मेवार बन्नुपर्ने बताए ।

सिंहले कांग्रेसभित्र अहिले पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा गुट–उपगुटको स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण कांग्रेस कमजोर देखिएको बताए । कांग्रेसलाई बलियो बनाउन पार्टीको नीति, सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने भन्दै उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा हुननहुने भन्दै राजनीतिक संस्कार विर्सन नहुने धारणा राखे । 

उनले इतिहास राम्रो भएर मात्र नहुने भन्दै पार्टीलाई बलियो बनाउन संगठन चुस्तदुरुस्त राख्न सुझाव दिए । अहिले समय छँदा नै पार्टीभित्रका विवाद कांग्रेसकै नेताहरु बसेर मिलाउनुपर्ने भन्दै सिंहले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने संस्कार विकसित गर्नुपर्ने बताए । अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको संघर्ष र त्याग विर्सन नहुने बताए ।

‘कांग्रेस भनेर चिनिएकाहरुले जनताकोबिचमा असन्तुष्टि पोखेपछि जनतामा कहाँबाट भरोसा विकसित हुन्छ ?,’  सिंहले भने, ‘हाम्रा संस्थापक नेताहरुको प्रयास, विभिन्न समयमा केन्द्रीय स्तरका नेता र कार्यकर्ताको त्यागतपस्याकै कारण जनताले अधिकार प्राप्त गरेका छन् । त्यसका लागि ठुलो संघर्ष र त्याग भएको छ । लामो समयको संघर्ष र हजारौंको त्यागबाट अधिकार जनताकोमा आइपुगेको कुरा बिर्सनु भएन ।’

सिंहले प्राप्त अधिकारका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दियौं भने प्राप्त अधिकार गुम्न सक्ने भन्दै त्यस्तो अवस्था आए देश नयाँ अस्थिरतामा जान्छ भन्ने कुरा ख्याल गर्न पनि आग्रह गरे । उनले पछिल्लो निर्वाचनपछि सरकार अस्थिर हुँदा नागरिकको विकास र समृद्धिको चाहना संकटमा परेपछि नागरिकले स्थिर सरकार बनोस् भन्ने चाहना राखेकाले अहिलेको सरकार बनेको सिंहले प्रष्ट पारे । ‘प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थिरताको जगमा हरेक नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अब आर्थीक सम्पन्नताको बाटोमा देशलाई डोर्याउनुपर्छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले आज नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सहरी विकास मन्त्रालयअन्तर्गत बनेको सिटी हलको उद्घाटन गर्नेछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending