Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

एपीद्वारा ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर

खबरडबली संवाददाता

वासिङटन । अमेरिकी एसोसिएटेड प्रेस (एपी)ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध शुक्रबार राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै मुद्दा दायर गरेको छ । मुद्दाबारे ह्वाइट हाउसका प्रेस सेक्रेटरीले भने, “हामी यसलाई अदालतमा नै हेर्नेछौँ ।

ह्वाइट हाउसले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको १० दिनपछि शुक्रबार अपरान्ह वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । ट्रम्पले मनोनीत गरेका अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ ।

एपीले आफ्नो मुद्दा ह्वाइट हाउसले भाषण नियन्त्रण गर्न गरेको असंवैधानिक प्रयासको बारेमा रहेको बताएको छ ।

ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसन विल्स, डेपुटी चिफ अफ स्टाफ टेलर बुडोविच र प्रेस सेक्रेटरी कारोलिन लेभिटविरुद्ध दायर गरिएको मुद्दामा एपीले भनेको छ, “प्रेस र संयुक्त राज्य अमेरिकाका सबै मानिसहरूलाई आफ्नै शब्द छनौट गर्ने अधिकार छ र सरकारद्वारा प्रतिशोध नलियोस् ।

गत महिना एपीले एक ‘स्टाइल नोट’मा ‘मेक्सिकोको खाडीले ४०० वर्षभन्दा बढी समयदेखि यो नाम बोकेको’ उल्लेख गरेको थियो । यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा ‘संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको’ उल्लेख गरिएको थियो ।

एपीले भनेको छ, “एपीको सम्पादकीय स्वतन्त्रता र समाचार सङ्कलन गर्ने र रिपोर्ट गर्ने क्षमतामाथि लक्षित आक्रमण पहिलो संशोधनको मूल मर्ममा प्रहार गरिएको छ ।

एपीले भनेको छ, “अदालतले तत्काल यसको उपचार गर्नुपर्छ । संविधानको पहिलो संशोधनले प्रेस, वाक र धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको छ र सरकारलाई तीमध्ये कुनै पनि अवरोध गर्नबाट रोक्छ ।”

ह्वाइट हाउसबाट कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा उपस्थित हुने क्रममा शुक्रबार आफूले मुद्दाबारे थाहा पाएको लिभिटले बताए।

उनले भने, “म ह्वाइट हाउसको सल्लाह लिन चाहन्थेँ र यो चरणमा पुग्नुअघि म के भन्न सक्छु र के भन्न सक्दिनँ भनेर हेर्न चाहन्थेँ तर हामीलाई लाग्छ कि हामी यो स्थितिमा सही छौं । हामी यो सुनिश्चित गर्न गइरहेका छौँ सत्य र सटीकता ह्वाइट हाउसमा हरेक दिन उपस्थित छ ।”

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एपीलाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिएको थिए।

मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई अमेरिकी सञ्चारमाध्यम एपीले राष्ट्रपति ट्रम्पले भनेजस्तो गरी उल्लेख नगरेपछि राष्ट्रपति ट्रम्पले एपीविरूद्ध उक्त आरोप लगाएको हो ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा उक्त क्षेत्रलाई ‘गल्फ अफ अमेरिका’ को संज्ञा दिएको थिए तर एपीले उनको आदेश बमोजिम ‘गल्फ अफ अमेरिका’ नलेखेपछि कार्यकारी आदेश पालना नगरेसम्मका लागि भन्दै एपीका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेशमा प्रतिबन्ध लगाएको थिए।

ह्वाइट हाउसले एपीका पत्रकारहरूलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ ।

बिहीबार राजधानी वासिङ्टनमा रिपब्लिकन गभर्नर्स एसोसिएशनलाई सम्बोधन गर्दै ट्रम्पले भने, “हाम्रो एउटा समाचार संस्थासँग लडाइँ छ, जुन एक ‘कट्टर वामपन्थी सङ्गठन’ हो । उसले मेक्सिकोको खाडीका रूपमा चिनिँदै आएको क्षेत्रलाई अमेरिकाको खाडी भनौँ भनी हामीले गरेको प्रस्ताव अस्वीकार गरेको छ र गर्छ । यसले हामी सबैलाई नराम्रो व्यवहार गर्छ ।”

उनले सम्भावित कानुनी कारबाहीको बारेमा उहाँको दावी के हो भन्ने उल्लेख नगरीकन अगाडि भने, “हामी अहिले कुनै पनि पत्रकार सम्मेलनबाट उनीहरूलाई बाहिर निकालिरहेका छौँ। मलाई विश्वास छ कि उनीहरूले मुद्दा हाल्नेछन् र शायद उनीहरूले जित्नेछन् । फरक पर्दैन । यो केवल यस्तो कुरा हो जसको बारेमा हामी दृढतापूर्वक महसुस गर्दछौं ।”

लामो समयदेखि अमेरिकी पत्रकारिताको खम्बाको रूपमा रहेको १८० वर्ष पुरानो यो सञ्चारमाध्यमले अमेरिका र विश्वभरका छापा, टिभी र रेडियो प्रकाशन तथा प्रशारणहरूका लागि समाचार प्रदान गर्दछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending