Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो ।

हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानो अवस्थालाई हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाई बनाउने तथा अप्ठेरो भएका स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताए ।

आगामी वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम थालिएको उनले जानकारी दिए । उनका अनुसार कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किमी मर्मत गरिनेछ भने बाँकीको योजना बनाइनेछ ।

विभागद्वारा उपकरण तथा जनशक्ति परिचालन गरी  क्षतिग्रस्त १४ स्थानमा सडक मर्मत थालिएको जनाइएको छ । “सरकारद्वारा स्रोत सुनिश्चितताको प्रक्रिया पनि भइरहेकाले स्थायी रूपमा सडक पुनःनिर्माण अघि हाल बिपी राजमार्गलाई प्राथमिकतामा राखेर मर्मत थालिएको हो”, योगेशले भने । उनका अनुसार आउँदो वर्षायाममा यातायात अवरुद्ध हुन नदिने लक्ष्यका साथ मर्मत सुरु भएको हो । योगेशले भने, ‘मर्मतलाई तीव्रता दिनुपर्ने भए रातको समयमा पनि काम गर्न सकिन्छ ।’

साताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर डिभिजनका अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुनःनिर्माणमा स्रोत सुनिश्चितताको तयारी भइरहेको बताउनुभएको थियो । उहाँले शुक्रबार मन्त्रालयको दुई सय दिनका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समेत गत असोजको बाढीबाट क्षति पुगेको बिपी राजमार्ग आगामी वर्षायाममा निरन्तर सञ्चालन हुनेगरी काम भइरहेको जानकारी गराएका  थिए ।

मन्त्री दाहालले स्रोतको अभावका कारण क्षतिग्रस्त उक्त राजमार्गको पुनः निर्माणमा ढिलाइ भए पनि आउँदो वर्षामासमेत सडक सञ्चालन गर्न सकिने गरी अस्थायी संरचना बनिरहेको बताए। राजमार्गको पुरानो रेखाङ्कन र स्वरुप परिवर्तन गर्नुपर्ने भएकाले पुनःनिर्माणका क्रममा नीतिगत समस्या र स्रोतको अभाव भएको उनको भनाइ थियो ।

यसैबीच कार्यालयद्वारा गत पुसमा गरिएको अध्ययनले क्षतिग्रस्त सडक पुनःनिर्माण गर्न करिब रु नौ अर्ब ५० करोड बढी लाग्ने देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनःनिर्माण गर्न नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको हो

उक्त सडकमा तीन किसिमका वाल ९आरसिसी रिटेनिङ, प्लम र गेभिएन० लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । ‘अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिएको छ । तर पहिला पुल बनाउने कि, वाल भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ’, इञ्जिनीयर योगेशले भने । उनका अनुसार खोला आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ, भने कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।

पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक निर्माण हुने यागेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक० निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन अवस्थामा २६ विलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक विलियन ९जापानी येन० लागतमा उक्त राजमार्ग निर्माण भएको थियो । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग बाढीपहिरोले क्षति पुर्‍ याएपछि कतै एकतर्फी, कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending