कावासोती । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानले उत्पादकत्व बढाउन आवश्यकता भन्दा धेरै विषादी प्रयोग गर्दा समस्या सिर्जना हुने गरेको बताएको छन। खेती गरेपछि एकै पटक उत्पादनमा वृद्धि गराउन सके आम्दानी पनि धेरै हुने भन्दै विषादीको प्रयोग गर्नु उचित नहुने बताए।
शनिबार नवलपुरको कावासोती नगरपालिका–१५ गोडारमा कृषकले गरेको सामूहिक प्याज खेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले यस्तो बताएको हो।
उनले भने, “छिटो उत्पादन बढाउन खोजे पनि यसले दीर्घकालीन रूपमा आफैँलाई हानी गर्दछ। आम्दानी क्षणिक होला तर विभिन रोगको सिकार भई आफैँलाई शिथिल बनाउँछ।”
कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए। विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्ने मनस्थितिमा रहेको बताए।
जिल्लाको कावासोती, मध्यविन्दुलगायत विभिन्न स्थान गरेर २५ हेक्टरमा सामूहिक प्याज खेती सुरु गरिएको छ। जिल्लामा रहेका १५ वटा किसान समूहले प्याज खेतीका लागि सामूहिक नर्सरी निर्माण गरेर बिरुवा तयार पारेर सामूहिक खेती गरिएको छ। यसबाट २३४ किसान लाभान्वित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८१ - १७:१२
बनेपा । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएको छन । बनेपा नगरपालिकाको ४४औं स्थाप...
चैत्र १४ गते, २०८१ - १६:५९
काठमाडौं। राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन् नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईं...
चैत्र १४ गते, २०८१ - १६:५०
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुई जनाविरुद्ध सेवाग्राहीसँग दुई लाख ५० हजार रुपियाँ घुस लि...
चैत्र १४ गते, २०८१ - १६:३५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भए...
चैत्र १४ गते, २०८१ - १६:२२
काठमाडौं। प्रतिनिधिसभा बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसके पछि सहमतिका ...
चैत्र १४ गते, २०८१ - १६:१३
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी हुन नदिन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखला...
चैत्र १४ गते, २०८१ - १५:५९
काठमाडौँ । कुलमान प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ । प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने वि...
चैत्र १४ गते, २०८१ - १५:३०
रुकुमपश्चिम । रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार बेल...
चैत्र १४ गते, २०८१ - १५:००
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेको छन । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछि...
चैत्र १४ गते, २०८१ - १४:४३
ढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ...
प्रतिकृया लेख्नुहोस्: