काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएको छन ।
मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएको हो ।
उनले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताए। उनले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सरुवात गरिएको दाबी समेत गरे।
'अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरिनेछ' उनले भने नेपालका धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मुत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरुले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उनले उल्लेख गरे।
प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क छ । उनले वर्तमान अवस्थालाई न्युनीकरण गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम शुरु गरेको उल्लेख गरे । उनले एचपिभी खोप विश्वमा परिक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनैपनि असर नगर्ने बताए।
उनले भने,'यो खोपले कुनैपनि असर गर्दैन । नेपालीलाई निरोगी बनाउन सरकारले कस्ता अभियान चलाउन आवश्यक छ । एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वार्थ बनाउनको निम्ति सुरुवात गरिएको हो । अहिले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा चार जना पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क वास्तविकता हो । त्यसलाई न्युनिकरण गर्दै हुन नदिनको निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि निरोधात्मक क्षेत्रमा काम सरकारले शुरु गरी सकेको छ ।'
उनले सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रुपमा योजना बनाएर अघि बढेको बताए । विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
उनले यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई उपलब्ध गराउने बताए । उनले १० देखि १४ वर्ष उमेर समूहको सङ्ख्या करिव १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउने उल्लेख गरे। सरकारले १७ लाख भन्दा बढी खोपको व्यवस्था गरिसकेको उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १७:५५
मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...
आषाढ़ २९ गते, २०८३ - १७:३६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...
आषाढ़ २९ गते, २०८३ - १७:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...
आषाढ़ २९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...
आषाढ़ २९ गते, २०८३ - १६:४८
काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...
आषाढ़ २९ गते, २०८३ - १६:४०
काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...
आषाढ़ २९ गते, २०८३ - १६:२२
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...
आषाढ़ २९ गते, २०८३ - १६:००
कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...
आषाढ़ २९ गते, २०८३ - १५:४०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...
आषाढ़ २९ गते, २०८३ - १५:०४
काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...



प्रतिकृया लेख्नुहोस्: