Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जोखिम मोलेर यात्रा गर्छन् भित्री मधेसवासी

\"jokhimडडेल्धुरा । डडेल्धुराको भित्री मधेस क्षेत्रका बासिन्दा दिनहुँ बुढर जोगबुडा सडकखण्डमा जोखिम मोलेर यात्रा गरिरहेका छन् । सीमित मात्र गाडी चल्ने कच्चीबाटोमा खोलैखोला पार गर्नुपर्ने हँुदा यस क्षेत्रका यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको हो । बुढरदेखि जोगबुडा सडकखण्ड दूरीका हिसाबले ३० किलोमिटर मात्र भए पनि उक्त दूरी पार गर्न कम्तीमा तीन घन्टा गाडीमा यात्रा गर्नुपर्ने बाध्यता छ । डोटी जिल्लाको वुडर बजारबाट डडेल्धुराको भित्री मधेश जोगवुडा ९हालको परशुराम नगरपालिका० पुग्न करिब ३० भन्दा बढी खहरेखोला पार गर्नुपर्ने भएकाले पनि यो सडकखण्डमा गाडी गुडाउन र यात्रुले पनि जोखिम उठाउनु परेको गाडी चालक गङ्गाराम भट्ट बताउँछन्  । बर्खायाममा खोलाले बगाएर ल्याउने ढुङ्गामुढाका कारण प्रत्येक वर्ष सडकको मोहडा नै परिवर्तन हुने गरेको चालक भट्ट अनुभव सुनाउँछन् । यस सडकखण्डमा रहेका ठूला र साना खहरे खोलाका कारण सामान्य पानी पर्दा पनि बाटो बिग्रने भएकाले यहाँ गाडी चलाउने र चढ्ने सबैले जोखिम उठाउन परेको हो । पानी पर्दा पटकपटक बन्द हुने समस्या एकातिर छ भने यो सडकखण्डमा एक समय बिहान ११ बजेसम्म मात्र जोगबुडाको लाढुङ्गा बजारबाट गाडी छुट्ने हँुदा यात्रुलाई भनेको समयमा गाडी नपाइने भएकाले एकै गाडीमा धेरै यात्रुले यात्रा गर्नुपर्ने समस्या अर्कोतिर रहेको छ । सबै चालक र गाडी साहुले बाटोको खराबीका कारण यो रुटमा गाडी चलाउन र हाल्न नै नमान्ने उग्रतारा सार्वजनिक यातायातका कर्मचारी तेजबहादुर ऐरले बताए । यो रुटमा राम्रो कमाइ हुने भए तापनि उच्च जोखिमका कारण र गाडीमा पनि चाँडै टायर, इन्जिन, गेरबक्सजस्ता कुरामा खराबी हुने भएकाले जो कोहीले त्यस रुटमा गाडी लैजान मन नगर्ने ऐरको भनाइ छ । यो सडक खण्डमा प्रत्येक वर्ष वर्षा समयमा मात्रै जिल्ला विकास समिति डडेल्धुरा र सडक डिभिजन कार्यालय कुलपातेले ठूलो रकम खर्च गर्ने गरेको भए पनि खहरेखोला र सडकखण्डमा जाने पहिरोका कारण यात्रुले पटकपटक जोखिमता मोल्नु परेको भित्री मधेसवासीको पीडा रहेको छ । वुडर जोगवुडा सडकखण्डमा रहेका खहरेखोलामा पुलको निर्माण नभएसम्म यात्रु र गाडी साहुले जोखिम उठाउनुपर्ने देखिन्छ । एउटा मात्र रुटमा यस्तो समस्या भएका कारण समयमा सडकका बारेमा सम्बन्धित पक्षले ध्यान नदिए ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending