काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै गुट खडा गरेका छन् । १५औं महाधिवेशनलक्षित थापाले नयाँ गुट खडा गरेका हुन् । उनलाई अहिलेका अर्का महामन्त्री विश्वप्रकाश शर्माको दरिलो साथ रहेको छ । शर्माकै जोडबलमा थापाले पार्टीभित्र नयाँ गुटको शुभारम्भ गरेका हुन् ।
अहिलेसम्म विभिन्न गुटबाट प्रतिष्पर्धा गर्दै आएका थापाले पछिल्लो समय शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका हुन् । अहिले शेखरसँग उनको सम्बन्ध नराम्रोसँग चिसिएको छ । शेखर १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।
शेखरले १५औं महाधिवेशनमा पनि सभापतिको उम्मेद्वार बन्ने सार्वजनिक रुपमै घोषणा गरेका हुन् । त्यहीअनुसार उनले आफ्नो तयारी गरेका छन् । कतिपयले अहिले गगन सभापति शेरबहादुर देउवासँग सुलह गरेको आरोप लगाउन थालेका छन् । तर, थापा भने शेखर र शेरबहादुर दुवैसँग टाढा छन् ।
उनले १५औं महाधिवेशनमा आफ्नै समूह खडा गर्ने निश्चित् भएको उनीनिकट उच्च स्रोतको दाबी छ । थापाले युवाहरुको नेतृत्वमा उपस्थिति हुने भन्दै त्यहीअनुसारको गतिविधि बढाएका छन् । गगनले आसन्न महाधिवेशन ०८४ को आम निर्वाचनभन्दा अघि नै हुनुपर्ने कुरा सार्वजनिक रुपमै स्पष्ट गरिसकेका छन् । महाधिवेशनको पूर्वनिर्धारित क्यालेण्डर प्रभावित हुन नदिने थापाको जोड छ ।
कतिपयले ०८४ को निर्वाचनपछि मात्रै १५औं महाधिवेशन गर्नुपर्ने आवाज उठाउन थालेका छन् । यसरी आवाज उठाउनेहरुमा देउवानिकट सांसहदरु रहेका छन् । तर, थापाले त्यसको काउन्टरमा १५औं महाधिवेशन निर्धारित मितिमै हुने भन्दै संस्थापन पक्षसामू दवावमूलक चूनौति पेश गरेका छन् । थापाले आफ्नो गुटमा युवा नेता प्रदीप पौडेललाई समेटेका छन् ।
अहिले प्रदीप र गगनको दोस्ती एकदमै उच्चस्तरको रहेको सूत्रहरुको दाबी छ । प्रदीपलाई स्वास्थ्यमन्त्री बनाउन थापाले नै भूमिका खेलेको बताईन्छ । १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेद्वार बन्दा अहिलेका महामन्त्री विश्वप्रकाशलाई उपसापति बनाउने र प्रदीपलाई महामन्त्री बनाएर युवाहरुको टिम खडा गर्ने गगनको तयारी छ । यसरी नै उनले अहिलेदेखि नै टिम सक्रिय बनाएका छन् ।
०८४ को निर्वाचनपछि थापाले आफू देशको नेतृत्वमा पुग्ने महत्वकांक्षा पालेका छन् । उनले ०७९ को निर्वाचनलगत्तै नै भावी प्रधानमन्त्रीको रुपमा आफूलाई पेश गरेका थिए । संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध मैदानमासमेत उत्रिए । तर, उनी देउवासँग नमिठो हार व्यहोर्न बाध्य भए ।
थापाले आफूसँग संख्या पुगेको दिन दलको नेताबाट देउवालाई विस्थापित गरेरै छाड्ने उद्घोष बेलाबेलामा दोहोर्याउने गरेका छन् । यो बीचमा उनले देउवा र शेखर दुवै समूहका असन्तुष्ट नेताहरुसँग निरन्तर सम्वाद जारी राखेका छन् । पार्टीभित्र हस्तक्षेपकारी भूमिका निर्वाह गरेको सन्देश प्रवाह गरेर थापाले आफ्नो गुट शसक्त बनाउनेगरि आफूलाई मुभ गरेका छन् । यसको प्रभाव छिट्टै देखिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: