खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा आयातित पेय पदार्थ प्रयोगमा रोक लगाउने क्रम बढेको छ । स्थानीयको सक्रियतामा आयातित पेय पदार्थ प्रयोगमा रोक लगाउने क्रम बढेको हो ।
यसअघि वडा नम्बर १४ बुइपाका विभिन्न टोलमा आयातित पेय पदार्थ उपयोगमा प्रतिबन्ध लगाइसकिएको छ । हालसालै वडा नम्बर १० पाथेकामा पनि आयातित पेय पदार्थ उपयोगमा रोक लगाइएको हो । १२ माघमा टोल विकास समितिले स्वास्थ्यमा प्रतिकूल असर पार्ने र फजुल खर्च बढ्ने भन्दै आयातित पेय पदार्थ रोक लगाउने निर्णय गरेको हो ।
समितिले पास्नी, छेवर, व्रतबन्ध, गुन्युचोली, बिहे, काजकिरिया र चाडपर्व, संस्कार संस्कृति लगायतका सम्पूर्ण गतिविधिमा आयातित पेय पदार्थ प्रयोग नगर्ने गरी प्रतिबन्ध गरेको हो । यसको पूर्ण कार्यान्वयनका लागि समितिले कडाइ गर्ने बताइएको छ ।
जसका लागि समितिले जरिवाना तोकेको छ । पहिलो पटक निर्णय उल्लङ्घन गरेको खण्डमा पाँच हजार, दोस्रो पटक सात हजार र तेस्रो पटक उल्लङ्घन गरे दश हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
वडा नम्बर १० का वडाध्यक्ष मुगाधन राईले युवाहरूको सक्रियतामा भएको कार्यको प्रशंसा गरे । ‘साबिकको वडा नम्बर ३ पाथेकामा अहिले यो अभियान सुरु भएको छ । हाम्रो वडा भरीमा १९ वटा टोल विकास संस्था छ’, अध्यक्ष राईले संगालोखबरसँग भने, ‘त्यो मध्ये एउटा संस्थाले आयातित पेय पदार्थलाई प्रतिबन्ध गरेको हो ।’
यो अभियानले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ । यसको पालना गराउन टोल विकास संस्था जोडतोडले लागेको उनले सुनाए ।
‘अब १८ वटा टोल विकास संस्थामा पनि यो अभियानका लागि पहल गर्ने छौँ’, वडाध्यक्ष राईले थपे, ‘यसका लागि वडाले पनि भूमिका खेल्नेछ । स्वास्थ्यका हिसाबले पनि आयातित पेय पदार्थलगायत हानिकारक नै हुन्छन् ।’
यो कार्यलाई निरन्तरता दिएर अन्य पालिकालाई पनि आकर्षित गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । टोल विकास संस्थाले सुरु गरेको अभियानप्रति वडावासीले पनि साथ दिइरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: