Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

अमेरिका फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने

खबरडबली संवाददाता

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गरेको छन।

ब्लुमबर्गको यो हस्तक्षेपले संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज ९युएनएफसिसिसी० लाई पूर्ण रूपमा वित्तपोषण गर्ने लक्ष्य राख्दछ । यद्यपि अमेरिकाले आफ्नो योगदान रोकेको छ ।

अमेरिकाले साधारणतया युएनएफसिसिसी सचिवालयको बजेटको २२ प्रतिशत योगदान गर्दछ । युएनएफसिसिसीको परिचालन खर्च २०२४–२०२५ मा आठ करोड ८४ लाख युरो अनुमान गरिएको छ ।

“सन् २०१७ देखि २०२० सम्म सङ्घीय गैर–कार्यको अवधिमा सहर, राज्य, व्यवसाय र सार्वजनिक क्षेत्रले हाम्रो राष्ट्रको प्रतिबद्धतालाई सम्मान गर्न चुनौती स्वीकार गरेका थिए र अब हामी फेरि तयार छौँ”, जलवायु महत्त्वाकांक्षा र समाधानका लागि संयुक्त राष्ट्रका विशेष दूत ब्लुमबर्गले एक विज्ञप्तिमा भने।

अमेरिकी सङ्घीय असंलग्नताका कारण सिर्जित खालीपनलाई भर्न ब्लुमबर्गले कदम चालेको यो दोस्रो पटक हो ।

सन् २०१७ मा ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट पहिलो पटक फिर्ता लिएपछि ब्लुमबर्गले युएनएफसिसिसीलाई सहयोग गर्न एक करोड ५० लाख डलरसम्म दिने वाचा गरेको थिए।

उनले ‘अमेरिकाको प्रतिबद्धता’ नामक पहल पनि सुरु गरेको छन । यसले सङ्घीय स्तर बाहेकका अमेरिकी जलवायु प्रतिबद्धताहरूको अनुगमन र प्रतिवेदन गर्दछ । यसले विश्वलाई अमेरिका अझै पेरिस सम्झौताको पूर्ण पक्ष हो जस्तै गरी प्रगति अनुगमन गर्न सक्षम बनाउँछ ।

ब्लुमबर्गले यो पटक पनि अमेरिकी रिपोर्टिङ दायित्वहरू पालना गर्ने आफ्नो प्रतिबद्धतालाई गरे।

“यस्ता योगदानहरू संयुक्त राष्ट्र जलवायु परिवर्तन सचिवालयलाई मुलुकहरूलाई पेरिस सम्झौताअन्तर्गत आफ्ना प्रतिबद्धताहरू पूरा गर्न र कम उत्सर्जन, लचिलो र सुरक्षित भविष्यका लागि अघि बढ्न महत्त्वपूर्ण छन्”, संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending