Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छः मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएको छन ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्‍याएको योगदानको चर्चा गरे । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “कोरोना महामारीका समयमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्रभागमा खटिएर निर्वाह गरेको भूमिकाले प्रशंसायोग्य छ ।” उहाँले सीमित स्रोत साधनका बीच सीमा क्षेत्रमा सुरक्षार्थ खटिएर राजस्व सङ्कलन वृद्धि गर्न र विपद् व्यवस्थापन कुशतलतापूर्वक गरिरहेकोमा प्रशंसा गरे। 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडरपोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “दुई ठूला देशको बीचमा नेपाल रहेको छ । भारतसँग खुला सीमा रहेकाले आपसी समन्वय र सहकार्यमार्फत मुलुकलाई लाभ हुने गरी काम गर्नुपर्दछ”, उनले भने। 

सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरीले विभिन्न अवरोध र अप्ठेयाराहरू सामना गर्दै जनताको सेवा गरी यहाँसम्म आइपुगेको बताए। 

प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाले सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा कार्यक्रममा जानकारी गराउनुभएको थिए । कार्यक्रममा विभिन्न व्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी शिक्षालय सञ्चालकको आग्रह

काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...

ब्लु बस’ सेवा तत्काल सुरु नहुने, साझाका हरिया बसको रङ पनि परिवर्तन नहुने

काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...

राजधानीको प्यास मेटाउने सुन्दरीजलमै खानेपानीको चरम अभाव

काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...

साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु  सचेतना तीन महिने अ...

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending