काठमाडौं। नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदी प्रेस चौतारीमा प्रवेश गरेका छन ।
काठमाडौंमा आयोजित एक समारोहका बिचमा अध्यक्ष सुवेदीलाइ प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतले स्वागत गरेका थिए । सो कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, सुबेदीको नेतृत्वमा सुवेदीसँगै संगठनका उपाध्यक्ष नरेन्द्र साउँद र अर्का उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, केन्द्रिय सल्लाहकार माधव पाैडेल पनि प्रेस चौतारीमा प्रवेश गरेको जनाइएको छ ।
उता, प्रेस चौतारीमा प्रवेश गर्ने बितिक्कै सुबेदीलाइ निष्काषन गरिएका पुरानो संगठन समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले जानकारी दिएका छन् ।
‘संगठनका अध्यक्ष बिश्वमणी सुबेदीले लामो समयसम्म संगठनको बैठकसमेत नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवार बिरूद्द लागेको, संगठनको रकम आफूखुसी हिनामिना गरेको, संगठनको केन्द्रिय कार्यालय बन्दी गरी संगठनको बिरूद्द निरन्तर गतिबिधि गरिरहेको हुनाले बिधानको धारा ७.१ को (ग) बमोजिक साधारण सदस्यसमते नरहने गरी निष्काषन गरिएको जानकारी गराइन्छ’ छत्कुलीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: