Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा काठमाडाैं महानगरकाे आपत्ती

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौं महानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले महानगरपालिकाले राजस्व बाँडफाँडको रकम प्रदेश सरकारलाई नपठाएको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय नबुझी गरेको टिप्पणी भनेको छ।

‘माघ २ गते बुधबार काठमाडौंमा बागमती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा काठमाडौं महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको भन्ने बारेमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीले काठमाडौँ महानगरपालिकाले राजस्व प्रदेश सरकारलाई बुझाउनु पर्ने भएपनि अहिलेसम्म राजस्व नबुझाएको र बजेट चाहिए पछि प्रदेश सरकारसँग बजेट माग्ने भन्दा बाहेक अरु कुरामा कहिले पनि समन्वय भइरहेको छैन,’ भन्ने यो भनाइ आफैँमा गैरजिम्मेवार र विषय वस्तुको जानकारी नलिइ व्यक्त गरेको देखिन्छ।’

वागमती प्रदेश सरकारले जारी आर्थिक वर्ष २०८१÷०८२ का लागि जारी गरेको आर्थिक ऐनबमोजिम बागमती प्रदेशभित्रको चलचित्र घर, थिएटर र नाटकघर, भिडियो घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, ओपेरा, क्यासिनो, डान्स बार, नाइट क्लब, दोहोरी साँझ र रोदी घर, मसाज एवम् स्पा, फनपार्क, आकाशे सिसाको पूल, फुटसल, पुल हाउस, स्वीमिङ पूल, जिम हाउस, स्विङ, वाटर गार्डेन, बाल उद्यान, पार्क, ताल तलैया, क्रुज, बोटिङ वा डुङ्गा सफारी, रक क्लाइम्बिङ, क्यान्योनिङ, बञ्जी जम्प, जिपलाइन, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, केबलकार, मेला, महोत्सव लगायतका मनोरञ्जन स्थलमा मनोरञ्जन करको दर तोकेको छ ।

यसरी तोकिएको दर विगतमा संकलन भइरहेको दरभन्दा कम गरिएकोले महानगरपालिकाको आम्दानी घटेको महानगरपालिकाले यसअघि नै धारणा राखिसकेको छ । ऐनको अनुसूची–३ ले तोकेको दरमा मनोरञ्जन कर असुल हुन्छ । यसबाट संकलन भएको कर काठमाडौँ महानगरपालिकाको विभाज्य कोषमा जम्मा हुन्छ, संकलित कर रकमको ४० प्रतिशत प्रदेश सरकारलाई पठाउने व्यवस्था छ ।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तसम्ममा विज्ञापन कर र मनोरन्जन कर वापत ३ करोड १३ लाख ९१ हजार ६४२ रुपैयाँ ९८ पैसा संकलन भएको विज्ञप्तिमा उल्लेख छ । ‘यसमध्येको ६० प्रतिशत रकम १ करोड ८८ लाख ३४ हजार ९८५ रुपैयाँ ७९ पैसा स्थानीय सञ्चित कोषमा दाखिला गर्ने र ४० प्रतिशतले हुने रकम १ करोड २५ लाख ५६ हजार ६५७ रुपैयाँ ७९ पैसा बागमती प्रदेशको सञ्चित कोषमा दाखिला गर्ने गरी निर्णय भइसकेको विषयलाई अतिरन्जित गरिएकोले महानगरपालिका दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान अनुसार तीनै तहका सरकारले राज्यशक्तिको प्रयोग गर्दा संबिधान तथा कानुनबमोजिम नेपालको स्वतन्त्रता, अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वाङ्गीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यबस्था, लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन प्रणाली, मानब अधिकार तथा मौलिक हक, कानुनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामूलक समाज, समाबेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्नेछन् निभएको छ । संविधानको मर्मलाई आत्मसात गरेको बहुसरकारमा आधारित विषयलाई नजर अन्दाज गरी एकतर्फी लगाइएको लाञ्छनायुक्त भनाइ आफैँमा गैरजिम्मेवारीपूर्ण छ।’

अगाडी भनिएको छ, ‘तीनै तहका सरकारले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा रहेर शासन सञ्चालन गर्न समेत मार्ग निर्देश गरेको अवस्थामा तीन तहको राज्य पुनर्संरचना पछि स्थानीय तहको संरक्षकत्व प्रदान गर्नुपर्ने तहले ऐन कानुनमा रहेका जटिलता, विकास निर्माणमा बहुपक्षको लगानीको सुनिश्चितता, कर्मचारी व्यवस्थापन, शिक्षा, स्वास्थ्यका समस्या समाधान गर्न नेतृवदायी भूमिका निर्वाह गर्नुको सट्टा काठमाडौँ महानगरपालिकाले समस्याको पहिचान गरी अधिकारिक माध्यमबाट व्यक्त धारणालाई नजर अन्दाज गरी एकतर्फी रुपमा लाञ्छना लगाइनु माननीय मन्त्रीको गैर जिम्मेवारीपन हो भन्ने हाम्रो ठहर रहेको छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दिया–२: नयाँ ऊर्जा, नयाँ उम्मेदवार र पुराना दलको चुनौती

बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्‍याएर जितेक...

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...

सर्वोच्च पुगेर अवहेलना मुद्दाको तारिख बुझ्दै फर्किए बालेन

 काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पु...

चक्कु प्रहार गरेर किशोरको हत्या

काठमाडौं । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको ...

सिन्धुपाल्चोक–१ नेेकपाका उम्मेदवार सापकाेेटाको “विद्यालयमा सांसद, संसदमा विद्यार्थी” अभियान

सिन्धुपाल्चोक । नेकपाकाे  तर्फबाट  सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका  मााधव साापकाेटाले आफ्नो ३३ महिनाको कार्यकालको मुख्य उपलब्धि...

बागलुङमा स्कूल बस दुर्घटना हुुुँदा २३ विद्यार्थी घाइते

बागलुङ   । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बो...

लुकुमलाई ‘नमूना गाउँ’ बनाउने प्रचण्डको प्रतिबद्धता

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले भूमे गाउँपालिका–१, लुकुममा स्थानीयवासीसँग भेटघाट गर्दै उक्त गाउँलाई नमूना गाउ...

भक्तपुर–२ को चुनावी रंगमञ्चः नेकपाका रामप्रसाद सापकोटासहित ३२ उम्मेदवारको भिडन्त

भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रक...

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

बैतडी। बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८...

निषेधाज्ञामाथि लिङदेनको आपत्ति: “चुनाव जोगाउन कि बिथोल्न?”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै जिल्ला प्रशास...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE