Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कर आतंककाकाे विरुद्व काठमाडौंमा आजपाको प्रदर्शन

खबरडबली संवाददाता

काठमाडौं । आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो । 

कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दाबाद, दलाल दलतन्त्र मुर्दाबाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्देलन सफल पारौं, जनता लुट्न पाईदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, भगौडा विदेशिको अवैध सम्पति जफ्त गर, ठग मेनपावरलाई कारबाही गर, अबैध ऐजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर जस्ता नारा प्रदर्शनकारीले लगाएका छन् । 


यस्तै शैक्षिक विभेद बन्द गर, लैङ्गिक हिंसा अन्त्य गर, बैङ्किङ् लुट बन्द गर, लघुवित्त तथा सहकारी पीडितलाई न्याय दे, कबाड व्यवसायीहरुको सुरक्षा गर, अदालतको आदेश पालना गर, कबाड आन्दोलन जिन्दाबाद, सुकुम्बासी तथा फुटपात व्यवसायीको रक्षा गर, हाम्रो संघर्ष जारी छ, धोखेबाज नेताहरु भोट फिर्ता गर, जनताको सर्वोच्चता स्थापित गर, आम जनता पार्टी जिन्दाबाद, दोस्रो स्थापना दिवस सफल पारौं लगायतका नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । 

आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम संगसंगै अगाडी बढाएको हो । दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउँदै छ । 


केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

 

सरकारको मनोमानी करले नेपालको उधोग, व्यवसाय धरासायी बन्दै गईरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतंक बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए ।  

‘मुलुकको उधोग, व्यापार धरासायी बन्दै गईरहेको छ । सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उधोग व्यापार धवस्त हुदैगईरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाईलापाईलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधान नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’ 

नेपाल भन्दा ठुलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उधोगी व्यापारीलाई सेवा पनि बढी दिईरहेको उनले बताए । तर नेपालमा करमाथि कर लिने र उधोगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप उनले लगाए । 

‘भारतमा १४ शिर्षमा कर लिईन्छ । तर नेपालमा ४० भन्दा बढी शिर्षकमा सरकारले कर लिईरहेको छ । अरु देशभन्दा नेपालमा करको दर, दायारा, शिर्षक, तह र सरकार बढी छ । नेपालमा ७६१ वटा सरकारले मनोमानी र पाईलापिच्छे कर असुली रहेको छ । त्यसको विरोधमा हामी सडकमा उत्रिनुपरेको छ’ आजपा अध्यक्ष साहले भने ।

सर्वसधारणदेखी उधोगी व्यापारीले जताततै पाईला पिच्छे नै कर तिर्दातिदै निराश भएको बताउदै उनले व्यवासाय गर्ने वातावरण सरकारले गिजोलिदिएको आरोप लगाए । मुलुकको ढुकुटी सिध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए । 

मुलुकमा भ्रष्टाचार, अनियमितत बढदै गईरहेको र बिकास कार्य अवरुद्ध भएको बताउँदै उनले दलाल दलतन्त्र, सरकारको मनोमानी कर आतंक बिरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । आजपाले विगतदेखी नै भ्रष्टाचार, अनियमितता, सरकारको मनोमानी कर आतंक, दलाल दलतन्त्र, वैदेशिक रोजगारमा देखिएको ठगीधन्दा, भन्सार कानूनमा भएको लुटतन्त्रको बिरुद्धमा आवाज उठाउँदै सडक संघर्ष गर्दै आएको छ । 

आईतबार नै कवाड व्यवासायीहरुले काठमाडौं महानगर कार्यालय समेत घेराउ गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले कवाड व्यवासायीलाई कानून विपरित दुख दिईरहेकाले कवाड व्यवसायीले महानगर घेराउ गर्न लागेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending