Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कपुरकोट कृषि सहकारीले कोसेली घर संचालन गर्ने

खबरडबली संवाददाता

सल्यान  । सल्यानको कपुरकोट कृषि सहकारी संस्थाले पशुपालन तथा तरकारी खेतीमा सवा ३ करोडभन्दा बढी रकम लगानी गरेको छ । संस्थाले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिँदै कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यसहित कृषि क्षेत्रमा ३ करोड ३१ लाख ३१ हजार ५५१ रुपैया लगानी गरेको हो ।

शनिबार कपुरकोटमा आयोजित १७ औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष मधुसूदन गिरिले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०÷०८१ मा ५८ लाख ९२ हजार ७२५ रुपैया आम्दानी गरेको उल्लेख गरे । यसमध्ये ३५ लाख ७७ हजार २५९ रुपैया कपुरकोट कृषि सहकारी संस्थाको एक बर्षको अवधिमा खर्च भएको छ भने खुद नाफा २३ लाख १५ हजार ४६६ रुपैया रहेको छ ।

सहकारीको कुल पुजि ३ करोड ६८ लाख ७७ हजार ६०५ रुपैया रहेको अध्यक्ष गिरीले जनाए । गत आर्थिक बर्षमा सहकारीले १ करोड ४८ लाख ५० हजार ३३१ रुपैया निक्षेप संकलन गरेको छ भने १ करोड २३ लाख २० हजार १६६ रुपैया वचत फिर्ता गरेको छ ।

साधारणसभामा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्तुती सहित सहकारीले गरेको प्रगति र आगामी योजनाबारे जानकारी गराइएको थियो । कपुरकोट गाउँपालिकाभित्र एसइइमा उत्कृष्ट अंक ल्याएर पालिका भित्रकै सामुदायिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने एक जना छात्र र एकजना छात्रालाइ प्रती बर्ष १२ हजार रुपैयाको दरले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै कपुरकोट कृषि सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘कोशेली घर’ निर्माण गर्ने भएको छ । कपुरकोट क्षेत्र कृषि उत्पादनमा सम्पन्न क्षेत्रमध्ये एक हो । अचार, जुस, क्यान्डी बनाउनका लागि तालिम समेत संचालन गर्ने र यहाँका कृषकहरूले उत्पादन गरेको तरकारी, दुग्धजन्य सामग्री, मह, अचार, मसला र अन्य स्थानिय उत्पादन बिक्री वितरण र बजार प्रवद्र्धनका लागि कपुरकोट कोसेली घर संचालनको योजना सहकारीले अघि सारेको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले सहकारीले अघि सारेको योजना कोसेली घर संचालनका लागि परामर्श गर्ने बताए । यस्तै कपुरकोट कृषि सहकारी संस्था अब्बल तरिकाले संचालन भइरहेकोमा प्रसंशा गर्दै उनले सहकारीको माध्यमबाट आर्थिक प्रगति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष प्रदिप खड्का, ४ का वडा अध्यक्ष मित्रलाल कठायत, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य घनश्याम शर्मा, उद्योग वाणिज्य संघ सल्यानका उद्योग उपाध्यक्ष पलवीर नेपाली, पत्रकार शंकर केसी, कालिका माबि कपुरकोटका प्रअ चुडामणी केसी, जीवनज्योती नमुना मावि रिमका प्रअ भुपाल साहु, बिरेन्द्र मावि गर्पाका प्रअ डिल बहादुर नेपाली, साना किसान कृषि सहकारी संस्था कपुरकोटका अध्यक्ष डम्बर यरी लगाएतको सहभागिता रहेको थियो । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै सहकारीले सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सहभागिहरुको छ ।

कपुरकोट कृषि सहकारी संस्थाका उपाध्यक्ष रुपक बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तुल्सीराम शर्माले गरेका थिए ।

सहकारीका कोषाध्यक्ष खिमलाल गिरि सहित विभिन्न समिती, उपसमितिका संयोजक, सहकारीका सदस्यहरू, सहकारीका प्रवन्धक लिला यरी तथा अन्य कर्मचारी, स्थानीय कृषक र विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो । सो अवसरमा सहकारीमा आवद्ध विभिन्न महिला तथा बाल बचत समुहहरुले सांस्कृतिक प्रस्तुती राखेका थिए । २०६५ सालमा स्थापना भएको कपुरकोट कृषि सहकारी संस्थामा १२५६ सदस्य आवद्ध छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending