Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड

खबरडबली संवाददाता

दमास्कस । सिरियामा बसर अल असदको कार्यकालमा कुख्यात न्यायधिस पक्राउ परेका छन ।अरब क्रान्तिको क्रममा हजारौंलाइ मृत्युदण्डको फैसाला सुनाउने गरेको तथा पीडित परिवारसँग रकम असुली गरेर न्याय सम्पादन गर्ने गरेको आरोप लागेका कुख्यात मोहम्मद कान्जु अल हसनलाइ पक्राउ गरिएको हो ।

सेडनाया जेलमा हजारौं मानिसहरूलाई मृत्युदण्ड दिने सर्वोच्च सैन्य न्यायाधीश मोहम्मद कान्जु अल हसनलाई पक्राउ गरिएको त्यहाँको नयाँ सरकारले जनाएको छ । कञ्जु हसनको गिरफ्तारी सिरियामा भर्खरै भएको विद्रोहपछिको सबैभन्दा ठूलो गिरफ्तारी हो।

कान्जु अल हसन सन् २०११ देखि २०१४ सम्म सिरियाली सैन्य अदालतको न्यायाधीश थिए। यस अवधिमा उनले हजारौं मानिसहरूलाई मृत्युदण्ड दिएका थिए। कञ्जु हसनमाथि कैदीका आफन्तहरूबाट विभिन्न माध्यमबाट १५ सय करोड रुपैयाँ  भन्दा बढी रकम असुल  गरेको आरोप छ । 

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार कञ्जु हसनलाई बिहीबार अन्य २० जनासँग पक्राउ गरिएको हो । सिरियाका अन्तरिम गृहमन्त्री मोहम्मद अब्देल रहमानले तातुन्स प्रान्तमा लुकेर बसेका कान्जु अल हसनलाई पक्राउ गर्ने क्रममा १४ सरकारी सैनिक मारिएको बताएका छन् ।

कान्जु अल हसनलाई बेलायती सरकारले सन् २०२३ मा सिरियामा सर्वसाधारणमाथि दमन गरेको कारण प्रतिबन्ध लगाएको थियो । कञ्जु सेडनाया जेलमा अमानवीय अपराधको लागि जिम्मेवार मानिन्छन ।

न्यायाधीश कञ्जु हसनमाथि मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेको छ । कानुन पढेपछि उनले सिरियाली सेनाको सैन्य अदालतमा काम गर्न सुरू गरेका थिए । २०११ मा जब सिरियामा असद विरुद्ध अरब स्प्रिंग सुरु भयो, हसन दमस्कसको क्षेत्रीय सेना अदालतमा न्यायाधीश थिए।

एक साक्षीका अनुसार हसनले गुप्तचर एजेन्सीहरूसँग राजनीतिक बन्दीहरू विरुद्ध अन्य व्यक्तिहरूबाट झूटो बयान लगाउन लगाउँथे । उनको बेञ्चमा जम्मा सुनुवाइ ३० मिनेट मात्र हुने गरेको थियो, जहाँ अभियुक्तलाई बोल्न दिइँदैन्थ्यो । रकम दिनेलाइ उनी छुट दिन्थे तर रकम नदिनेलाइ उनले ३० मिनेट भित्र मृत्युदण्ड र आजिवन कारावासको सजायँ सुनाइ हाल्थे । 

कञ्जु हसनलाई राष्ट्रपतिले माफी दिए पनि कैदीबन्दीलाई रिहा नगरिदिने गरेको थप आरोप पनि छ । त्यसपछि उनीहरुलाई रिहा गर्नका लागी अभियुक्तका परिवारका सदस्यहरुसँग पैसा असुल्ने गरेका थिए । जो अहिले नयाँ सरकारले पक्राउ गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending