काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटना हुँदा विमानमा सवार २ जनाबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।
२ जनाको जीवितै उद्धार गरिएको छ । दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा ९६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । उद्धार कार्य जारी भएको र अरूको अवस्था अज्ञात भए पनि उद्धार गरिएका २ जनाबाहेक अरू बाँचेको हुनसक्ने सम्भावना अत्यन्तै न्यून रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको बताइएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोक दुर्घटनास्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चोईले त्यहाँ उद्धार कार्यमा सहयोग गर्न जनशक्ति, स्वास्थ्य सेवा र उपकरणलाई निर्देशन दिएको कार्यालयले जनाएको छ। सरकारले विपन्न परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने पनि उनले बताए ।
दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ। विमानको पछाडिको भागबाट मानिसलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरूले बताएका छन् ।
समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए ।
विमान दुर्घटनाको ठोस कारण भने पत्ता लागेको छैन । तर, समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको हुनसक्ने देखिन्छ ।
यो विमान दुर्घटनापछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसको पुष्टि हुन सकेको छैन ।
यस भिडियोमा विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि त्यसको केही भाग आगोले जलेको थियो । दोस्रो भिडियोमा कालो धुवाँको मुस्लो आकाशमा उडिरहेको देखियो ।
दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एक जना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको छ ।
मुआन दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर टाढा छ। दक्षिण कोरियाको विमान उद्योग सुरक्षाको हिसाबले राम्रो मानिन्छ।
यो विमान दुर्घटनालाई इतिहासमा जेजु एयरको पहिलो घातक दुर्घटनाको रूपमा वर्णन गरिएको छ।
जेजु एयर २००५ मा स्थापना भएको दक्षिण कोरियाको सबैभन्दा ठूलो कम लागतको एयरलाइन्स मध्ये एक हो।
जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठुलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौं।”
विज्ञप्तिमा थप भनिएको छ, “हामी यस घटनाको जवाफ दिन हरसम्भव प्रयास गर्नेछौं। हामी यस घटनाको लागि क्षमाप्रार्थी छौं।”
तर विमान निर्माण कम्पनी बोइङले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यो भयानक दुर्घटनापछि दक्षिण कोरियाको जेजु एयरसँग सम्पर्कमा रहेको बताएको छ ।
जेजु एयरका अनुसार दुर्घटना बोइङद्वारा निर्मित ७३७–८०० विमानसँग सम्बन्धित थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: