Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भारतमा अलपत्र १३ जुम्लावासीको उद्धार

खबरडबली संवाददाता

जुम्ला। कामको सिलसिलामा भारत गएका जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका १३ जना नागरिक उद्धार गरी नेपाल पठाइएको छ । सामाजिक सञ्जालमा भारतमा अलपत्र भएको भिडियो सार्वजनिक भएपछि जुम्लाका सांसद छिरिङ ल्हामु लामा तामाङ लामाले रु. ८० हजार नगद रकम पठाएर गाडीबाट घर फर्किने वातावरण बनाएको हो । 

सांसद लामाका अनुसार निर्माण व्यवसायीले काम दिने भनेर भारतमा लिएर गएका रहेछन् तर उनी भागेपछि १३ जना नागरिक अलपत्र भएको खबर भयो, खानपिन र नेपाल फर्किन घर सम्मका लागि रकमनै पठाएर भारतबाट नेपाल फर्किन थालेका जानकारी दिए। उनका अनुसार एक निर्माण व्यवसायीले दार्जिलिङ काममा लगाउने भन्दै लिएको तर उनीहरुलाई अरुणाञ्चल करिब चीनको सीमामा लिएर अलपत्र छोडेपछि उद्धारका लागि अपिल गरिरहेका थिए । आज उनीहरु त्यहाँबाट नेपाल फर्किएका छन् । 

स्थानीय रामचन्द्र नेपालीका नेपालीका अनुसार चन्दननाथ ७ मिचा गाउँका कलिमान सार्की, हरि कामी, दत्त सार्की, रत्न सार्की, रमेश सार्कीसहितका एक दर्जन व्यक्ति नेपालगञ्जबाट एक जना व्यक्तिले काम गर्न भनेर त्यहाँ लिएको र अलपत्र परेका थिए । सांसद लामासँग कुरा भएपछि रु. ८० हजार सहयोग भएर नेपाल आउँदै गरेको र घटनाको विस्तृत जानकारी लिन प्रयास गरिरहेको जानकारी दिए। उनीहरु भोलि मात्रै काकडभिट्टा आइपुग्ने छन् । 

अलपत्र नागरिकलाई उद्धार गरेको भन्दै स्थानीय र आफन्तले खुशी व्यक्त गरेका छन् । उनिहरुले नगद पैसा नै दिएर सहयोग गर्ने सांसद लामालाई धन्यवाद गरिरहेका छन् । सांसद लामाले मध्यरात सम्पर्क गरेर टोलीलाई नेपाल फर्कन व्यवस्था गरेकोमा आफन्तले धन्यवाद दिएका छन् । त्यो टोलीको साथमा जुम्लाका महेशजंग शाहीले सहजीकरण गरेर नेपाल फर्किन साथ दिएका छन् । 

उनका अनुसार उनीहरुलाई नेपाल आउनका लागि सांसद लामाले रु. ८० हजार सहयोग गरेपछि मिचाका शैलेन्द्र केसीले रु। ४५ हजार र कर्साङ ठकुरीबाट रु. १६ हजार नेपाल आउनलाई सहयोग भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending