काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। धादिङ, गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२/०३-००१ क ००६३ नम्बरको ट्रकमा बा.प्र.०३.०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रामकृष्ण कँडेलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गुल्मी, सत्यवती गाउँपालिका-२ पादिस्थित सडकमा रिडिबाट पूर्तिघाटतर्फ जाँदै गरेको लु.१ क ५४०० नम्बरको टिपर शुक्रबार राति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका-१ बुतुङ्दी बस्ने २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको क्रममा मृत्यु भएको हो।
उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडकमा काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५७४९ नम्बरको मिनी ट्रक शनिबार दिउँसो दुर्घटना हुँदा सहचालक सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय सुदिप राईको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रकमा सवार १ जनालाई थप उपचारको लागि बिराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ।
दुर्घटनाका सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: