काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। धादिङ, गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२/०३-००१ क ००६३ नम्बरको ट्रकमा बा.प्र.०३.०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रामकृष्ण कँडेलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गुल्मी, सत्यवती गाउँपालिका-२ पादिस्थित सडकमा रिडिबाट पूर्तिघाटतर्फ जाँदै गरेको लु.१ क ५४०० नम्बरको टिपर शुक्रबार राति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका-१ बुतुङ्दी बस्ने २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको क्रममा मृत्यु भएको हो।
उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडकमा काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५७४९ नम्बरको मिनी ट्रक शनिबार दिउँसो दुर्घटना हुँदा सहचालक सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय सुदिप राईको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रकमा सवार १ जनालाई थप उपचारको लागि बिराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ।
दुर्घटनाका सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: