धनगढी। परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालका सबै परिवर्तन नेपाली काँगे्रस र नेकपा (एमाले) मिलेर ल्याएकाले आर्थिक समृद्धि पनि मिलेरै ल्याउने बताएको हो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन कार्यक्रममा मन्त्री राणाले यस्तो बताएको हो । ‘धेरै पुस्ताको संघर्षपछि प्राप्त संविधानपछि पनि छिटोछिटो सकार परिवर्तनले नागरिकको इच्छा अनुसारको समृद्धि हासिल गर्न नसक्ने कुरा महसुस भएर काँगे्रसका सभापति र एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक ठाउँमा उभिने काम गर्नु भएको हो’ मन्त्री राणाले भनिन, ‘दुवै दलका पदाधिकारीको कार्यदलका आधारमा मन्त्रीपरिषद्ले काम गरिरहेको छ, सरकार आजै ढल्छ भोलि ढल्छ भन्ने हल्ला नचलाउन अनुरोध गर्दछु ।’
मन्त्री राणाले नेपाल राजनीतिजस्तै आर्थिक, सामाजिक रुपान्तर र विकास गर्न पुराना कानुन संशोधन गरेर निजी क्षेत्रलाई आकर्षित गर्ने र औद्योगिक वातावरण बनाउन सरकार लागेको बताईन। उनले सरकार लोकतन्त्रलाई बलियो बनाउन सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागेको जानकारी दिईन।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशको सञ्चार नीति तयारी अवस्थामा रहेको र आउँदो अधिवेशनबाट पास भएमा सबै मिडियालाई सम्वोधन हुने बताईन।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खडका लगायतका मन्त्री, प्रदेश सभा सदस्यहरु, पे्रस युनियनका अध्यक्ष शिव लम्साल, पे्रस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: