धनगढी। परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालका सबै परिवर्तन नेपाली काँगे्रस र नेकपा (एमाले) मिलेर ल्याएकाले आर्थिक समृद्धि पनि मिलेरै ल्याउने बताएको हो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन कार्यक्रममा मन्त्री राणाले यस्तो बताएको हो । ‘धेरै पुस्ताको संघर्षपछि प्राप्त संविधानपछि पनि छिटोछिटो सकार परिवर्तनले नागरिकको इच्छा अनुसारको समृद्धि हासिल गर्न नसक्ने कुरा महसुस भएर काँगे्रसका सभापति र एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक ठाउँमा उभिने काम गर्नु भएको हो’ मन्त्री राणाले भनिन, ‘दुवै दलका पदाधिकारीको कार्यदलका आधारमा मन्त्रीपरिषद्ले काम गरिरहेको छ, सरकार आजै ढल्छ भोलि ढल्छ भन्ने हल्ला नचलाउन अनुरोध गर्दछु ।’
मन्त्री राणाले नेपाल राजनीतिजस्तै आर्थिक, सामाजिक रुपान्तर र विकास गर्न पुराना कानुन संशोधन गरेर निजी क्षेत्रलाई आकर्षित गर्ने र औद्योगिक वातावरण बनाउन सरकार लागेको बताईन। उनले सरकार लोकतन्त्रलाई बलियो बनाउन सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागेको जानकारी दिईन।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशको सञ्चार नीति तयारी अवस्थामा रहेको र आउँदो अधिवेशनबाट पास भएमा सबै मिडियालाई सम्वोधन हुने बताईन।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खडका लगायतका मन्त्री, प्रदेश सभा सदस्यहरु, पे्रस युनियनका अध्यक्ष शिव लम्साल, पे्रस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: