तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएका चारवटा डिप बोरिङ अलपत्र परका छन् । घिरिङ गाउँपालिका–४ को करूवाटारलगायत कृषियोग्य भूमि सिँचाइका लागि खनिएका डिप बोरिङ अलपत्र अवस्थामा पुगेका हुन् । कृषि क्षेत्रमा गरेको सरकारी लगानी खेर जाने अवस्थामा पुगेको वडा नम्बर ४ का वडासदस्य मनबहादुर रानाभाटले बताए ।
सरकारका विभिन्न निकायको सहयोगमा करूवाटारको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन डिप बोरिङ खनिए पनि बोरिङ सञ्चालनको लागि विद्युत् सेवा पुर्याउन नसक्दा डिप बोरिङ अलपत्र बनेको छ । घिरिङको करूवाटारका खेतीयोग्य जमिनमा सिँचाइ गर्न चार वर्षअघि सङ्घ, प्रदेश र स्थानीय तहको आर्थिक सहयोगमा चार वटा डिप बोरिङ खनिएको थियो तर बोरिङबाट पानी तान्न मोटर सञ्चालनका लागि विद्युत् नहुँदा किसानले सिँचाइ गर्नबाट वञ्चित हुनुपरेको वडासदस्य रानाभाटले जानकारी दिए ।
विद्युत् सेवा नहुँदा बोरिङ प्रयोगमा आउन नसकेको बताउँदै उनले ुलामो समयदेखि बोरिङ सञ्चालन नहुँदा बोरिङमा प्रयोग गरिएको फलाम खिया लागेर नष्ट हुने अवस्थामा पुगेको बताए ।
गाउँपालिकाले खनेको एउटा बोरिङमा सोलार प्लान्ट जडान गरेर केही समय पानी निकालिए पनि अहिले सोलार पनि चल्न छाडेको छ । बोरिङ खनिएको स्थानसम्म विद्युत् सेवा पुर्याउन ८५ वटा पोल गाडेर ११ हजार भोल्टेजको लाइनको तारसमेत टाँगिसकिएको छ । विद्युत्को लाइन जडानका लागि कतैबाट पनि पहल नहुँदा किसान सिँचाइबाट वञ्चित भएका छन् ।
उक्त क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि सङ्घ सरकारसँग पहलकदमी भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । केही अघि काठमाडौं जाँदा ऊर्जामन्त्रीसमक्ष यस विषयमा कुरा राख्दा सकारात्मक आश्वासन पाएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: