Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

धनकुटाको कागतेमा फष्टाउँदै सुन्तला खेती, एउटै गाउँमा २५ हजार बढी सुन्तलाका बिरुवा

खबरडबली संवाददाता

धनकुटा  । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती थालेका किसानले राम्रो आम्दानी लिन थालेका हुन् ।

दश वर्षअघि सुन्तलाका बिरुवा रोपेर व्यावसायिक उत्पादनमा जोडिएका धनकुटा नगरपालिका ३ का स्थानीयले पछिल्लो समय सुन्तला बिक्री गरेर राम्रो आम्दानी लिन थालेका छन् । दुई सय बिरुवा रोपेका धनकुटा ३ कागतेका ख्यामप्रसाद भण्डारीले यो वर्ष एकलाख पचास हजारभन्दा बढीको सुन्तला बिक्री गरेको बताउँछन् । 

सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै आम्दानी बढ्दै गएको भन्दै उाले बताए ।  गतवर्ष ५ क्विन्टल सुन्तला बिक्री गरेका भण्डारीले यो वर्ष अहिलेसम्म १०–१२ क्विन्टल सुन्तला बिक्री गरिसकेको बताए । बोटमा राम्रो फल लागेको र पाक्ने क्रम जारी रहेकाले अझै बिक्री हुने उनको भनाइ छ  । 

घरबाटै  प्रति केजिको एकसयका दरले दश हजार रुपियाँ प्रति क्विन्टलका दरले सुन्तला बिक्री भइरहेको भन्दै भण्डारीले भने, ‘सुन्तला बिक्रीमा समस्या भएको छैन । अहिले घरबाटै उत्पादन भएको सुन्तला बिक्री भइरहेको छ ।’

बाँदरका समस्याले बारीमा अन्नबाली राम्रो उत्पादन नहुने र उत्पादन भइहाले पनि जङ्गली जनावरहरुले खाने भएपछि अन्य बाली छोडेर सुन्तला खेती गर्न थालेको भन्दै उनले भने, ‘सिँचाइको सुविधा नहुँदा अन्नबाली खासै राम्रो हुँदैनथ्यो तर सुन्तला रोपेको राम्रो फलिरहेको छ ।’

सुन्तला उत्पादनका लागि धनकुटाको कागते नयाँ ठाउँ नभएकाले पनि बिक्रीमा समस्या नभएको बताए । उनका अनुसार उत्पादन भएका सुन्तला धनकुटा नजिकैका बजार, धरान, इटहरी, दमक, विराटनगर र राजधानी काठमाडौंलगायतका बजारसम्म जाने गरेका छन् । उत्पादन कम भइरहेकाले माग अनुसार पुर्‍याउन समस्या भइरहेको उनले बताए । सुन्तलाको स्वााद राम्रो भएकाले  बिक्रीमा समस्या नभएको तर, पनि अन्य सहरहरुबाट समेत माग भइरहेको हुँदा माग अनुसार पुर्याउन नसकिउको उनले बताए ।

कागतेकै अर्का किसान नवीन कार्की, डिल्लीबहादुर कार्की, मीनबहादुर कार्कीहरु पनि व्यावसायिक रूपमा सुन्तला खेतीमा लागेका छन् । १५ वर्षअघि रोपेका सुन्तलाले पाँचवर्ष अघिदेखि उत्पादन दिन थालेपछि आम्दानी हुन थालेको कार्की परिवार बताउँछन् ।

किसान नविन कार्कीले रोपेका दुई सय बिरुवामध्ये एकसय वटा बिरुवाले उत्पादन दिन थालेको भन्दै भने,–‘रोपेका सबै बोट उत्पादन दिने अझै भइसकेका छैनन् । सय वटा बोटले उत्पादन दिन थालेका छन् । राम्रै फल लागिरहेको छ ।’ यो वर्ष करिब ४ क्विन्टल बराबरको सुन्तला प्रतिकेजी ९० देखि १०० रुपैयाँका दरले बिक्री गरेको कार्किले बताए। 

खाद्यान्न उत्पादनभन्दा फलफूलका लागि राम्रो क्षेत्र मानिएकाले सुन्तला खेतीमा लागेको भन्दै उनले भने,–‘मकै, तोरी लगायतका कृषि बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले १५ वर्षअघि सुन्तला रोपेको थिएँ । अहिले राम्रो आम्दानी भइरहेको छ ।’

सुन्तलाको बगानमा अकबरे खुर्सानी, बन्दाकोपी, ब्रोकाउली, फूलकोपी खेतीसँगै सुन्तला खेती गर्न सकिने भएकाले गाउँका करिब ६० घरधुरीमध्ये ५० घरपरिवारले व्यावसायिक सुन्तला खेती गरिरहेको धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले बबतााए । पहाडी क्षेत्र भएकाले मकै, गहुँ, जौ, कोदोलगायतका बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाले धनकुटा नगरपालिकालाई सुन्तला जोन घोषणा गरी गाउँलाई नै सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नेगरी लागेको तामाङको भनाइ छ ।

सुन्तलाको राम्रो उत्पादनसँगै बिक्री हुन थालेपछि किसान उत्साहित भएको भन्दै नगरप्रमुख तामाङ्गले भने, –‘सिँचाइको सुविधा नहुने भिरालो जमिनका कारण खासै राम्रो अन्नबाली हुँदैनथ्यो तर सुन्तला भने राम्रो फल्न थालेको छ । यसले किसानलाई उत्साहित बनाएको छ ।’  नगरप्रमुख तामाङका अनुसार गाउँमा करिब ५० घरपरिवारले  व्यावसायिक रूपमा २५ हजारभन्दा बढी सुन्तलाका बिरुवा रोपेका छन् ।  

सुन्तला पाक्ने समयमा यतिबेला गाउनै पहेलपुर देखिएको छ । सुन्तलाको पहेलो कलरले रंगिएको खेतबारी जो कोहिको मन लोभ्याउने र आकर्षक देखिएको छ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending