Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

धनकुटाको कागतेमा फष्टाउँदै सुन्तला खेती, एउटै गाउँमा २५ हजार बढी सुन्तलाका बिरुवा

खबरडबली संवाददाता

धनकुटा  । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती थालेका किसानले राम्रो आम्दानी लिन थालेका हुन् ।

दश वर्षअघि सुन्तलाका बिरुवा रोपेर व्यावसायिक उत्पादनमा जोडिएका धनकुटा नगरपालिका ३ का स्थानीयले पछिल्लो समय सुन्तला बिक्री गरेर राम्रो आम्दानी लिन थालेका छन् । दुई सय बिरुवा रोपेका धनकुटा ३ कागतेका ख्यामप्रसाद भण्डारीले यो वर्ष एकलाख पचास हजारभन्दा बढीको सुन्तला बिक्री गरेको बताउँछन् । 

सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै आम्दानी बढ्दै गएको भन्दै उाले बताए ।  गतवर्ष ५ क्विन्टल सुन्तला बिक्री गरेका भण्डारीले यो वर्ष अहिलेसम्म १०–१२ क्विन्टल सुन्तला बिक्री गरिसकेको बताए । बोटमा राम्रो फल लागेको र पाक्ने क्रम जारी रहेकाले अझै बिक्री हुने उनको भनाइ छ  । 

घरबाटै  प्रति केजिको एकसयका दरले दश हजार रुपियाँ प्रति क्विन्टलका दरले सुन्तला बिक्री भइरहेको भन्दै भण्डारीले भने, ‘सुन्तला बिक्रीमा समस्या भएको छैन । अहिले घरबाटै उत्पादन भएको सुन्तला बिक्री भइरहेको छ ।’

बाँदरका समस्याले बारीमा अन्नबाली राम्रो उत्पादन नहुने र उत्पादन भइहाले पनि जङ्गली जनावरहरुले खाने भएपछि अन्य बाली छोडेर सुन्तला खेती गर्न थालेको भन्दै उनले भने, ‘सिँचाइको सुविधा नहुँदा अन्नबाली खासै राम्रो हुँदैनथ्यो तर सुन्तला रोपेको राम्रो फलिरहेको छ ।’

सुन्तला उत्पादनका लागि धनकुटाको कागते नयाँ ठाउँ नभएकाले पनि बिक्रीमा समस्या नभएको बताए । उनका अनुसार उत्पादन भएका सुन्तला धनकुटा नजिकैका बजार, धरान, इटहरी, दमक, विराटनगर र राजधानी काठमाडौंलगायतका बजारसम्म जाने गरेका छन् । उत्पादन कम भइरहेकाले माग अनुसार पुर्‍याउन समस्या भइरहेको उनले बताए । सुन्तलाको स्वााद राम्रो भएकाले  बिक्रीमा समस्या नभएको तर, पनि अन्य सहरहरुबाट समेत माग भइरहेको हुँदा माग अनुसार पुर्याउन नसकिउको उनले बताए ।

कागतेकै अर्का किसान नवीन कार्की, डिल्लीबहादुर कार्की, मीनबहादुर कार्कीहरु पनि व्यावसायिक रूपमा सुन्तला खेतीमा लागेका छन् । १५ वर्षअघि रोपेका सुन्तलाले पाँचवर्ष अघिदेखि उत्पादन दिन थालेपछि आम्दानी हुन थालेको कार्की परिवार बताउँछन् ।

किसान नविन कार्कीले रोपेका दुई सय बिरुवामध्ये एकसय वटा बिरुवाले उत्पादन दिन थालेको भन्दै भने,–‘रोपेका सबै बोट उत्पादन दिने अझै भइसकेका छैनन् । सय वटा बोटले उत्पादन दिन थालेका छन् । राम्रै फल लागिरहेको छ ।’ यो वर्ष करिब ४ क्विन्टल बराबरको सुन्तला प्रतिकेजी ९० देखि १०० रुपैयाँका दरले बिक्री गरेको कार्किले बताए। 

खाद्यान्न उत्पादनभन्दा फलफूलका लागि राम्रो क्षेत्र मानिएकाले सुन्तला खेतीमा लागेको भन्दै उनले भने,–‘मकै, तोरी लगायतका कृषि बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले १५ वर्षअघि सुन्तला रोपेको थिएँ । अहिले राम्रो आम्दानी भइरहेको छ ।’

सुन्तलाको बगानमा अकबरे खुर्सानी, बन्दाकोपी, ब्रोकाउली, फूलकोपी खेतीसँगै सुन्तला खेती गर्न सकिने भएकाले गाउँका करिब ६० घरधुरीमध्ये ५० घरपरिवारले व्यावसायिक सुन्तला खेती गरिरहेको धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले बबतााए । पहाडी क्षेत्र भएकाले मकै, गहुँ, जौ, कोदोलगायतका बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाले धनकुटा नगरपालिकालाई सुन्तला जोन घोषणा गरी गाउँलाई नै सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नेगरी लागेको तामाङको भनाइ छ ।

सुन्तलाको राम्रो उत्पादनसँगै बिक्री हुन थालेपछि किसान उत्साहित भएको भन्दै नगरप्रमुख तामाङ्गले भने, –‘सिँचाइको सुविधा नहुने भिरालो जमिनका कारण खासै राम्रो अन्नबाली हुँदैनथ्यो तर सुन्तला भने राम्रो फल्न थालेको छ । यसले किसानलाई उत्साहित बनाएको छ ।’  नगरप्रमुख तामाङका अनुसार गाउँमा करिब ५० घरपरिवारले  व्यावसायिक रूपमा २५ हजारभन्दा बढी सुन्तलाका बिरुवा रोपेका छन् ।  

सुन्तला पाक्ने समयमा यतिबेला गाउनै पहेलपुर देखिएको छ । सुन्तलाको पहेलो कलरले रंगिएको खेतबारी जो कोहिको मन लोभ्याउने र आकर्षक देखिएको छ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending