धरान । ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार इटहरी सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा साङ्गीतिक कार्यक्रको आयोजना गरी उहाँको योगदानको सम्झना गर्दै स्मृति दिवस मनाइएको हो ।
धनमायाको पुण्यतिथिको अवसरमा शुक्रबार उनका रचना र गीतहरूलाई गाएर उनीप्रति श्रद्भाव अर्पण गरिएको सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए । उनले भने, “उहाँको पुण्यतिथिको अवसरमा आठवटा गीत प्रस्तुत गरिएको थियो भने उनको जीवनीबारे छलफल र चर्चा गरिएको गरियो ।”
नेपाली परम्परागत मौलिक संस्कार संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउँदै महासचिव केसीले धनमाया तामाङबाट नेपाली मौलिक संगितको संरक्षण प्रवर्द्धनका लागि गरेको महत्त्वपूर्ण योगदान पुगेको स्मरण गरे ।” विशेष गरी नेपालको पश्चिम भागमा प्रचलित भाकालाई पूर्वमा प्रचारप्रसार गरेर पूर्व र पश्चिमको भावनालाई जोड्ने संस्कृति विकासमा निकै सहयोग पुगेको उनले बताए ।
धनमाया तामाङले आफ्नो जीवनलाई नेपाली मौलिक सङ्गीत संस्कृतिको प्रवर्द्धनका लागि खर्चिइन् । जुन सम्मानित कार्य रहेको छ । भूगोलले पूर्व–पश्चिम रहे पनि पश्चिम भागमा रहेका सङ्गीत संस्कृतिलाई पूर्वी भागमा फैलाउने जोड्ने काम यस कार्यक्रमले गरेको छ ।
नेपालमै पहिलोपटक ठाडो भाकाको गीत रेकर्ड गरी श्रोता दर्शकमाझ ‘धन’ २०५८ अडियो र २०६३ मा अडियो ‘भिजुअल’ प्रस्तुत गरेपछि उनी नेपाली जनमानसमा निकै लोकप्रिय बनेकी थिइन् । धनमाया तामाङ नेपालको लोकगीतको उर्बर भूमि लमजुङमा २०१७ साल फागुन २० गते जन्मिएकी थिइन् ।
उनले २० थरीभन्दा बढी लोकभाका गाउन सक्ने उनले लोप हुन लागेका ठेट लोकगीतहरू नेपालमै पहिलोपटक ७२ देखि ७४ वर्षको उमेरमा रेकर्ड गरेर ‘धन’ अडियो तथा म्युजिक भिडियो प्रस्तुत गरी लोकसङ्गीत संरक्षण र सम्वर्द्धनको क्षेत्रमा उहाँको ठूलो योगदान रहेको छ ।
मधुरीमा फूलकुमारी महतो सम्मान २०५८ द्वारा समेत सम्मानित भएकी उनी ७५ वर्षको उमेरमा २०६१ साल पुस ५ गते काठमाडौँमा स्वर्गवास भएकी थिइन् ।
ल्यदभ िःभमष्अब िअयििभनभ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...
आषाढ़ ३१ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाली यू–१९ महिला क्रिकेट टोलीले जापानलाई ९ विकेटले पराजित गर्दै अ...



प्रतिकृया लेख्नुहोस्: