Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

भारत–नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु

खबरडबली संवाददाता

नयाँ दिल्ली। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेको छिन ।

काठमाडौं विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ ९ईग्रो फाउन्डेसन०ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबादेखि सुरु  ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)मा उनले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरेको हो ।

मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गरे। उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस ९बीबी माइनस० रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन।

मन्त्री राणाले नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक रुपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दिए। दक्षिण एशियाको क्षेत्रीय सहकार्यका लागि नेपाल–भारत सम्बन्धलाई एक उदाहरणीय ढाँचाका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो ।

उहाँले नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताउँदै दुई देशबीचको सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई प्राथमिकताका साथ थप मजबुद बनाउँदै लगिनुपर्ने बताइन।

त्यस अवसरमा उनले अन्तरदेशीय (क्रस–बोर्डर) पूर्वाधार विकासमा जोड दिइन। “एकीकृत जाँचपास केन्द्र (इन्टिग्रेटेड चेक पोस्ट–आईसीपी), रेलमार्ग, पेट्रोलियम पाइपलाइन, र विद्युत् प्रशारणलाइनजस्ता परियोजना नेपाल–भारत आर्थिक सहकार्यका महत्तवपूर्ण आधार स्तम्भ हुन्”, उनले भनिन ।

सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबिच भएको सम्झौता विद्युत् व्यापार सम्झौताले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत भारतलाई निर्यात गर्ने योजना अघि सारेको र नेपालले हालै भारतको प्रशारणलाइनमार्फत् बङ्गलादेशलाई ४० मेगावाट विद्युतु बिक्री गर्न सक्षम भएको बताइन।

भारत नेपालका लागि सबैभन्दा ठुलो व्यापारिक साझेदार, प्रत्यक्ष वैदेशीक लगानीमा ठूलो योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीका लागि पारगमन देश भएको उनको भनाइ थियो ।

उनले भनिन, “शिक्षादेखि स्वास्थ्य, पूर्वाधार विकास, संस्थागत निर्माण र नेपालको औद्योगीकरणमा भारतको सहयोगले यो सम्बन्ध अझ बलियो बनाएको छ । धार्मिक यात्राहरू, सांस्कृतिक पर्वहरूले हाम्रो सम्बन्धलाई पुस्तौदेखि नजिक बनाउँदै आएका छन् । पछिल्ला वर्षमा द्विपक्षीय आर्थिक सहकार्यको दायरा बढेका छन् र यस क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र हटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छ लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।  त्यसअघि बैठ...

सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति श्रम संस्कृति पार्टीको असहमति छ

काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...

राष्ट्रिय सभामा मल अभावदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...

रास्वपाले अराजनीतिक गतिविधि गर्दैन : सांसद बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...

जापानलाई हराउँदै नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाली यू–१९ महिला क्रिकेट टोलीले जापानलाई ९ विकेटले पराजित गर्दै अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending