काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन ।
सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरेका छन । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो ।
एसिया र प्रशान्त क्षेत्रमा वित्तीय पूँजी लगायत धेरै सम्भावनाहरू रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस क्षेत्रमा नीति, नियमहरू र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिने प्रयासहरूलाई सामूहिक रुपमा अघि बढाउनुपर्ने बताए ।
‘दिगो विकासको लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यक्रमलाई सफल बनाउन वित्तीय स्रोतहरू सुनिश्चित गर्न आवश्यक छ,’ उनले भने ।
आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवम् परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका गि वित्तीय स्रोतको व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।
अर्थमन्त्री पौडेलले परामर्श बैठकमा विभिन्न देशका मन्त्रीहरु, राजनीतिक नेताहरु, विज्ञ, विकास साझेदार लगायतबाट प्राप्त सुझावले सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा थप धारणा राख्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: