काठमाडौँ। एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जितका लागि एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५४ रनमा समेटियो ।
हारसँगै चितवन एनपिएलबाट बाहिरिएको छ । फाइनल पुग्न विजेता कर्णालीले पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आजै लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।
चितवनका लागि रवि बोपराले सर्वाधिक ५३ रन बनाए। कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेनकेस्टनले १६ र शरद भेषवाकरले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा कर्णालीका जिसन मक्सुदले तीन विकेट लिए। जिसनले पूरा चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर विकेट लिएको हो । कप्तान सोमपाल कामी र नन्दन यादवले दुई दुई तथा विपिन शर्माले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो ।
कर्णालीका लागि ओपनर जयकिशन कोल्छावाला र विलियम बसिस्टोले अर्धशतकीय इनिङ्स खेले। कोल्छावालाले ५३ र बोसिस्टोले ५२ रन बनाउनुभयो । यस्तै चादविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए।
बलिङमा चितवनका सोहिल तन्विरले दुई विकेट लिए । सरद भेषवाकार, रवि बोपरा र कप्तान कुशल मल्लले एक एक विकेट लिए ।
लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाएको थियो । कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो ।
यसअघि लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो । बुधबार ९आज० नै पहिलो क्वालिफायर खेलमा लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्स प्रतिस्पर्धा हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...
पौष १४ गते, २०८२ - १४:०७
रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्नन सकेन
पौष १४ गते, २०८२ - १३:५६
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन्। उनीहरूले लोकतान्त्रिक समाजवादी...
पौष १४ गते, २०८२ - १२:५३
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । सोमबार लेखक आयोगमा बय...
पौष १४ गते, २०८२ - १२:४२
सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चि...
पौष १४ गते, २०८२ - १२:३१
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...
पौष १४ गते, २०८२ - १२:१५
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...




प्रतिकृया लेख्नुहोस्: