Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको बताएका छन ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नकारात्मक प्रवृत्ति देखिएका भए पनि देश र जनताको अवस्था हिजोको जस्तो नभएको बताएका हुन् ।

‘कतिपय मानिसहरूले भनिरहेका छन्, व्यवस्था बदलियो, अवस्था बदलिएन भनेर, व्यवस्था पनि बदलियो, अवस्था पनि बदलिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा पूर्वाधार, प्रविधि, जीवनशैली हरेक क्षेत्रमा परिवर्तन आएको ओलीले बताउनुभयो । ‘हामी अगाडि बढिरहेका छौँ, अवस्था जहाँको तहीँको अवस्था भने छैन ।’

बर्तमान सरकार नागरिकको अभिभावक भएर प्रस्तुत भएको ओलीले जिकिर गरेका छन । ‘केन्द्रदेखि, प्रदेश र स्थानीय तहसम्मका सरकार नागरिकको सेवाका लागि बनेका सरकारको काम शासन गर्ने होइन सेवा दिने हो’, उनले भने ।

नेपालमा २०८२ साल भित्र कुनै पनि सडकमा सडक मानव हुन नदिने उनले दावी गरेका छन । यसको लागि सरकारले आवश्यक व्यवस्था गरिरहेको पनि ओलीले जानकारी दिए ।

कतिपय कुरामा विकृति देखिएका बताउँदै ओलीले सरकार त्यसलाई सच्याएर अघि बढ्ने बताउँदै सामाजिक सुरक्षाको क्षेत्रमा सरकार जिम्मेवार भएर प्रस्तुत हुने उनको भनाइ छ ।

आफूलाई कुनै राजनीति गर्नु नभएको बताउँदै ओलीले देशको अवस्थालाई माथि उठाउनु आफ्नो प्रमुख दायित्व भएको जनाउँदै आफू त्यसमा नै केन्द्रित रहेको ओलीको भनाइ छ ।भ्रम र तनावले व्यक्ति आफैँलाई सिद्ध्याउन बताउँदै बिना तनाव काममा लाग्न आग्रह गरेका प्रधानमन्त्री ओलीले जीवनलाई अत्यन्तै होसियारी साथ प्रयोग गर्न सुझावसमेत दिएका छन । बिकृति जुनसुकै समाजमा पनि हुने बताउँदै ओलीले त्यसलाई चिरेर समृद्ध समाज निर्माणको बाटोमा तीव्रताका साथ अघि बढ्नु पर्ने धारणा राख्दै उनले सामाजिक न्याय र समानतामा आधारित भएर राष्ट्र निर्माणको लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने जोड गरेका छन ।

‘एकता आजको आवश्यकता हो, परस्परमा घृणा फैलाउने कुरा हाम्रो मौलिकता होइन’, ओलीले भने, ‘नेपाल बुद्ध जन्मिएको शान्ति भूमि भएकोले नेपालले विश्वलाई शान्तिको सन्देश दिनु पर्नेछ ।’ प्रगतिको यात्रा कहिल्यै पनि पुरा नहुने भएकोले थप प्रगतिको बाटोमा अघि बढ्नु पर्ने उनको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending