काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको बताएका छन ।
ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नकारात्मक प्रवृत्ति देखिएका भए पनि देश र जनताको अवस्था हिजोको जस्तो नभएको बताएका हुन् ।
‘कतिपय मानिसहरूले भनिरहेका छन्, व्यवस्था बदलियो, अवस्था बदलिएन भनेर, व्यवस्था पनि बदलियो, अवस्था पनि बदलिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा पूर्वाधार, प्रविधि, जीवनशैली हरेक क्षेत्रमा परिवर्तन आएको ओलीले बताउनुभयो । ‘हामी अगाडि बढिरहेका छौँ, अवस्था जहाँको तहीँको अवस्था भने छैन ।’
बर्तमान सरकार नागरिकको अभिभावक भएर प्रस्तुत भएको ओलीले जिकिर गरेका छन । ‘केन्द्रदेखि, प्रदेश र स्थानीय तहसम्मका सरकार नागरिकको सेवाका लागि बनेका सरकारको काम शासन गर्ने होइन सेवा दिने हो’, उनले भने ।
नेपालमा २०८२ साल भित्र कुनै पनि सडकमा सडक मानव हुन नदिने उनले दावी गरेका छन । यसको लागि सरकारले आवश्यक व्यवस्था गरिरहेको पनि ओलीले जानकारी दिए ।
कतिपय कुरामा विकृति देखिएका बताउँदै ओलीले सरकार त्यसलाई सच्याएर अघि बढ्ने बताउँदै सामाजिक सुरक्षाको क्षेत्रमा सरकार जिम्मेवार भएर प्रस्तुत हुने उनको भनाइ छ ।
आफूलाई कुनै राजनीति गर्नु नभएको बताउँदै ओलीले देशको अवस्थालाई माथि उठाउनु आफ्नो प्रमुख दायित्व भएको जनाउँदै आफू त्यसमा नै केन्द्रित रहेको ओलीको भनाइ छ ।भ्रम र तनावले व्यक्ति आफैँलाई सिद्ध्याउन बताउँदै बिना तनाव काममा लाग्न आग्रह गरेका प्रधानमन्त्री ओलीले जीवनलाई अत्यन्तै होसियारी साथ प्रयोग गर्न सुझावसमेत दिएका छन । बिकृति जुनसुकै समाजमा पनि हुने बताउँदै ओलीले त्यसलाई चिरेर समृद्ध समाज निर्माणको बाटोमा तीव्रताका साथ अघि बढ्नु पर्ने धारणा राख्दै उनले सामाजिक न्याय र समानतामा आधारित भएर राष्ट्र निर्माणको लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने जोड गरेका छन ।
‘एकता आजको आवश्यकता हो, परस्परमा घृणा फैलाउने कुरा हाम्रो मौलिकता होइन’, ओलीले भने, ‘नेपाल बुद्ध जन्मिएको शान्ति भूमि भएकोले नेपालले विश्वलाई शान्तिको सन्देश दिनु पर्नेछ ।’ प्रगतिको यात्रा कहिल्यै पनि पुरा नहुने भएकोले थप प्रगतिको बाटोमा अघि बढ्नु पर्ने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: