Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

जनसङ्ख्या नीतिले देश निर्माणको आधार निर्माण गर्छ : मन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसङ्ख्या नीति आवश्यक रहेको बताएको छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो । उनले जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसङ्ख्या नीतिमा सबैकुरा समेटिन आवश्यक रहेको उल्लेख गरे । 

उनले जनसंख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको बताए । सरकारले जनसङ्ख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्छ, उनले भने, जनसङ्ख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जनसङ्ख्या विभागहरुले विशेष पहल गर्नुपर्छ । 

उनले जनसङ्ख्या मन्त्रालयले नीति मात्रै बनाउने हो र कार्यान्वयन गर्ने अर्को निकाय बनाउने भए सुरुवातमै स्पष्ट हुनुपर्ने बताए । उनले भने, 'सम्पूर्ण कुरा समेटिएको जनसङ्ख्या नीति ल्याउन जरुरी छ । जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्नसक्छ । जसरी राज्यले यो विषयमा प्राथमिकता दिनुपर्ने हो, त्यो राख्न सकेको छैन । यो निस्कर्षमा पुगौँ । प्राथमिकतामा राख्ने हो भने मेकानिजम बनाउँ पहिले ।'

यसरी मेकानिजम बनाउँदा यो हेर्ने कसले हो ? देशभरको जनसंख्यासम्बन्धी नीति बनाउने कसले हो ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हो ? त्यो हो भने त्यसअनुसारको मेकानिजम निर्माण गर्नेगरी राज्यले छुट्याउनुपर्छ । नीति बनाउने र कार्यान्वयन गर्ने फरक फरक निकाय हो भने त्यही भनौँ । नीति बनाउने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो, कार्यान्वयन गर्ने अरु मेकानिजम हो भनौँ । त्यो कुरामा स्पष्ट हुुनपर्छ । छलफल मात्रै गरेर नीति बनाउनका लागि त्यस्तै कार्यान्वयन गर्नेगरी मेकानिजम आवश्यक पर्दैन,' उनले भने । 

यसेगरी, मन्त्री पौडेलले स्वास्थ्य सुविधा सहज र सर्वसुलभ ढंगबाट उपलब्ध हुनुपर्ने बताए । उनले स्वास्थ्यलाई सर्वसुलभ, सहज बनाउनका लागि स्वास्थ्य बीमा ५ लाख पुर्‍याउनुपर्ने र व्यवस्थित गर्नुपर्ने समेत उल्लेख गर्न भएको छन् । सरकारले जनसङ्ख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्छ, उनले भने, जनसङ्ख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जनसङ्ख्या विभागहरुले विशेष पहल गर्नुपर्छ । 

उनले जनसङ्ख्या मन्त्रालयले नीति मात्रै बनाउने हो र कार्यान्वयन गर्ने अर्को निकाय बनाउने भए सुरुवातमै स्पष्ट हुनुपर्ने बताए। उनले भने, 'सम्पूर्ण कुरा समेटिएको जनसङ्ख्या नीति ल्याउन जरुरी छ । जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्नसक्छ । जसरी राज्यले यो विषयमा प्राथमिकता दिनुपर्ने हो, त्यो राख्न सकेको छैन । यो निस्कर्षमा पुगौँ । प्राथमिकतामा राख्ने हो भने मेकानिजम बनाउँ पहिले ।'

यसरी मेकानिजम बनाउँदा यो हेर्ने कसले हो ? देशभरको जनसंख्यासम्बन्धी नीति बनाउने कसले हो ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हो ?त्यो हो भने त्यसअनुसारको मेकानिजम निर्माण गर्नेगरी राज्यले छुट्याउनुपर्छ । नीति बनाउने र कार्यान्वयन गर्ने फरक फरक निकाय हो भने त्यही भनौँ । नीति बनाउने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो, कार्यान्वयन गर्ने अरु मेकानिजम हो भनौँ । त्यो कुरामा स्पष्ट हुुनपर्छ । छलफल मात्रै गरेर नीति बनाउनका लागि त्यस्तै कार्यान्वयन गर्नेगरी मेकानिजम आवश्यक पर्दैन,' उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै छानबिनका लागि म तयार छु : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पार्टी के...

कम्युनिष्ट आन्दोलनलाई पुन:गठित गरेर अगाडि बढ्छौँ : महासचिव पोखरेल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एमाल०का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुन:जागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएको छन् । पार्टी ...

विद्यार्थी संगठनमा प्रतिबन्ध अस्वीकार्य छ : नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यालय तथा कलेजमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने विषय अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। ...

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक ...

विराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु

विराटनगर। कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ ।  एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘ए...

बाँकेमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

नेपालगन्ज। बाँके जिल्लाको कोहलपुर-१५, अक्कलघरवामा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा शनिबार भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएक...

जेनजी घाइतेलाई नि:शुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई नि:शुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्र...

अविश्वासबिच इस्लामाबादमा अमेरिका-इरान वार्ता

इस्लामाबाद। मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका-इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस...

उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्छ: अर्थसचिव उपाध्याय

खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् । अर्थ मन्त्र...

स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति विवाद, जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकसँग स्पष्टीकरण मागियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादास्पद नियुक्ति प्रकरणमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending