काठमाडौं । दानमा निशुल्क पाएको जग्गालाई किनेको भन्दै ६ लाख भुक्तानी गरेको आरोपमा विशेष अदालतबाट सफाइ पाएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जिवन सुबेदीले निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा सो विपरीत हुने गरी झुट्टा बिल भरपाईको आधारमा ६ लाख ६० हजार भुक्तानी गरेका थिए । तर, लेखा परिक्षण बेरुजु पश्चात ६० हजार रकम दाखिला भएको र बाँकी ६ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतमा दायर भएको मुद्दामा उनीहरु तीनै जनाले सफाइ पाएका थिए । विशेष अदालतले तत्कालीन वडाध्यक्ष बस्नेतले सो कार्यको स्रोतको सुनिश्चितता भएपछि जग्गा खरिद कार्य एकलौटी मनोगत आधारमा गरेको भन्न नमिल्ने, २०७५–११–१५ मा पारित भएकोमा दाता मध्येका अम्विका बस्नेतले सोही दिन २० हजार बुझेको र भरपाई पनि उक्त दिन २० हजार बुझिएको बकपत्रबाट समेत रकम बुझेको भनेको देखिंदा जग्गा खरीद गरेको देखिएको लगायतका आधारमा सफाइ दिएको थियो ।
तर, अख्तियारले भने भुक्तानी भएको रकम मालपोत कार्यालयमा राजश्व तिर्ने बखतमा समेत दान बापतको भनी उल्लेख भएको र प्रतिवादीहरूको मनसाय पहिला निःशुल्क जग्गा प्राप्तिको लागि केही प्रयास गरे जस्तो देखाउने गरी सूचना निकाल्ने र पछि नक्कली विल भरपाई दिई रकम लिने मनसाय रहेको प्रतिवादीको कार्यबाट देखिएको दाबी गर्दै सफाइ दिने निर्णय बदर हुनुपर्ने अख्तियारको जिकिर छ। भन्दै पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क रुपमा प्राप्त गरेको तथ्य मिति २०७५–१११५ को मालपोत कार्यालयमा भएको दानपत्रको लिखतबाट देखिएको तथा उक्त हक हस्तान्तरण गर्ने लिखतमा मात्र नभएर र जग्गा खरीद गर्दा बिक्री गर्दा बुझाउनु पर्ने मालपोत रसिदमा समेत निःशुल्क उल्लेख भएबाट जग्गा खरीद नगरी निःशुल्क रुपमा वडा कार्यालयले प्राप्त गरेको देखिएको अख्तियारको दाबी छ । विशेष अदालतले जग्गा दिने अम्विका बस्नेतले २० हजार लिएको आधार देखिएतापनि बस्नेतले उक्त कागज भएको भनी हस्ताक्षर मेरो होइन भनी अनुसन्धानको कागज गरी लेखाई दिएको अख्तियारको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८२ - ११:३४
काठमाडाैं । मधेश प्रदेशको स्थानीय कार्यालयहरू चार महिना अघि आर्थिक वर्ष सुरु भए पनि अबसम्म बजेट ल्याउन सकेका छैनन्। चालु आर्थिक वर्षको जेठदेखि असारसम्...
मंसिर १ गते, २०८२ - ११:२५
काठमाडाैं । जनकपुरधामको बिहानको चिसो हावा भित्र, मधेश भवन अगाडि सात दलका नेता र कार्यकर्ता धर्नामा बसेका थिए। यो धर्ना कुनै साधारण प्रदर्शन होइन; यहाँ...
मंसिर १ गते, २०८२ - ११:१२
काकठमाडाैं । दाङको घोराही उपमहानगरपालिका–१२ अन्तर्गत पर्ने नारेबाङ गाउँ र वरिपरिको भूभागले आउने आगन्तुकलाई पहिलो नजरमै मोहित बनाउँछ। हरियालीले ढाकिएको...
मंसिर १ गते, २०८२ - १०:५६
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार बिहान काठमाडौँ जान बाध्य भए। घरको समस्या थियो, अत्यावश्यक काम । उनले जस्तै धेरैजना सामान्...
मंसिर १ गते, २०८२ - १०:४९
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ...
मंसिर १ गते, २०८२ - १०:४५
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलै पहिरो आएको छ। एकैदिनमै तोलामा ६ हजार ९०० रुपैयाँले सुन सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महा...
मंसिर १ गते, २०८२ - १०:४१
कैलाली । जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचपछि २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन्। पक्राउ परेकासँगै प्रहरीले च...
मंसिर १ गते, २०८२ - १०:४०
काठमाडौँ । नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। निरन्तर ८८ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको देशको पहिलो ब...
मंसिर १ गते, २०८२ - १०:१९
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न...
मंसिर १ गते, २०८२ - १०:१७
काठमाडाैं । कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रो...




प्रतिकृया लेख्नुहोस्: