Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पूर्णबहादुरको सारंगीका निर्माताबीच चुलीयाे आर्थिक विवाद

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गरेको चलचित्र पूर्णबहादुरको सारंगीका निर्माताले आफ्नो चलचित्रलाई मंगलबारबाट मुलुकको बाँकी सबै चलचित्र घरबाट उतारेका छन् । भारतीय चलचित्र पुष्पा २ आएपछि आफुहरुको चलचित्रको प्रदर्शनीमा हल सञ्चालकले विभेद गरेको भन्दै यसका निर्माताले सबै हलबाट उतारेका हुन् । 

चलचित्रले नेपालमा मात्र ४८ करोडको व्यापार गरेको रिपोर्ट पनि उनीहरुले सार्वजनिक गरेका छन् । चलचित्र पूर्णबहादुरको सारंगी हलबाट उतारेसँगै यसका निर्माताहरुबीच शेयर बाँडफाँडको विवाद सुरु भएको छ । यसपघि पनि चलचित्रको कथा चोरीको आरोप लागेर विवादमा परेको यो चलचित्र निर्माताको शेयर बाँडफाँडका कारण अहिले पुनः विवादमा परेकाे हाे ।

यो चलचित्रको निर्माण संस्था कम्पनी सेभेन सिज इन्टरटेनमेन्ट र बाँसुरी फिल्मसका सञ्चालकबीच चलचित्रको व्यापारलाई लिएर खटपट सुरु भएको बताइएकाे छ । चलचित्रका अरु निर्माताले यो चलिचत्रको व्यापारको पैसा वितरक सस्थासंग मागेपछि बाँकी दुई निर्माताले आफुहरुको अनुमति विना पैसा नदिन भन्दै वितरक कम्पनीहरु ब्यांकटेस इन्टरटेनमेन्ट र टी–फोक फिल्म्सलाई पत्रमार्फत अनुरोध गरेका छन् ।

यसका दुई निर्माता तथा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीका सञ्चालक प्रतिक पौडेल र रमेश ढकालले वितरक कम्पनीद्वयलाई एक चिठ्ठी लेख्दै चलचित्रको भुक्तानी आफुहरुको सहमती विना अरुलाई नदिन अनुरोध गरेका हुन् । चलचित्रको अरु निर्मातामा सेभेन सिज इन्टरटेनमेन्टबाट विनोद पौडेल र बाँसुरी फिल्मसबाट रामवावु गुरुङ रहेका छन् ।

उनीहरुले वितरक कम्पनीलाई लेखेको पत्रमा यस्तो उल्लेख छ, ‘हाल उक्त चलचित्रको शेयर रकम भुक्तानी सेभेन सिज सिनेमाको नाममा जम्मा भइरहेको जानकारीमा आएको हुँदा हालसम्म भएको भुक्तानीको जानकारी गराएर बाँकी भुक्तानी रोक्का गरि यस कम्पनीको हामी सञ्चालकहरुको रोहवरमा फाइनल हिसाब किताब गरि सम्बन्धित हाम्रो संयुक्त बैंक खाता रहेको कम्पनीमा मात्र भुक्तानी गर्नुहुन अनुरोध छ ।’

सो पत्रलाई उनीहरुले बाँसुरी फिल्मस, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि पठाएका छन् । आफुहरु यो चलचित्रको निर्माता भएको पनि उनीहरुले पूर्णबहादुरको सारंगीको सेन्सर प्रमाणपत्र मार्फत उल्लेख गरेका छन् । यस विषयमा निर्माता विनोद र रामवावुले केही पनि बोलेका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending