Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

प्रदेश सभा सदस्यमा मनोनीत भएकी सुनिताका लागि संसदमा ‘विशेष व्यवस्था’को तयारी

खबरडबली संवाददाता

पोखरा । नेपाली कांग्रेसले स्याङ्जाकी सुनिता थापालाई बन्दसूचीबाट निकालेर गण्डकी प्रदेश सभा सदस्य बनाउने निर्णय गरेसँगै प्रदेश सभा सचिवालयले संसद बैठकमा दोभासे राख्नुपर्ने भएको छ । प्रदेश सभामा अहिलेसम्म यस्तो व्यवस्था थिएन ।

कांग्रेसले प्रदेश सभा सदस्यमा मनोनीत गरेकी थापा अरुले बोलेको सुन्न सक्दिनन् । श्रवणशक्ति नभएका कारण उनी साङ्केतिक भाषाबाट कुरा गर्छिन् । अरुले बोलेको कुरालाई उनले दोभासेमार्फत बुझ्ने गर्दछिन् । त्यसैले प्रदेश सभा बैठकमा दोभासेको विशेष व्यवस्था गर्नुपर्ने भएको हो ।

हाल उनलाई रेनु शाहले दोभासेका रूपमा सघाउने गरेकी छन् । रेनुमार्फत नै कुरा गर्दै सुनिताले श्रवणशक्ति नभए पनि संविधानले नीति निर्माणको तहमा पुग्ने बाटो बनाइदिएको र पार्टीले समेत आफूजस्तोलाई विश्वास गरेर सांसद बनाएकोमा धन्यवाद प्रकट गरिन् ।

‘पार्टीले मेरो नाम बन्दसूचीमा राखेको बेला नै निकै खुसी भएकी थिएँ । त्यतिबेला म सांसद बन्नेजति भोट पार्टीले पाएन,’ सुनिताले दोभासेमार्फत भनिन्, ‘पहिलो नम्बर सिटमा रहनुभएको दिदी (विमला गौचन) को निधन भएपछि रिक्त सिटमा पार्टीले मलाई मनोनीत गरेको हो ।’

आफू सांसद बन्न लागेकोमा स्वाभाविक रूपमा खुसी लागे पनि विमला गौचनको निधनमा निकै दुःख लागेको सुनिता बताउँछिन् । उनले हालसम्म अपाङ्गताको क्षेत्रमा आफूले सिकेका सिकाइ नीति निर्माणमा रहेर कार्यान्वयन गर्ने बताइन् । ‘म धेरै देशहरूमा पुगेकी छु । त्यहाँ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार विधिमा मात्रै होइन, कार्यान्वयनमा पनि अब्बल छ,’ उनले भनिन्, ‘त्यो देखेर आएकाले म यहाँ पनि त्यस्तै होस् भन्ने चाहन्छु । संसदबाट त्यसकै वकालत गर्छु ।’

थापा ७ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् भने अपाङ्गताको क्षेत्रमा काम गरेको १४ वर्षको अनुभव छ । हाल उनी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि हुन् । उनले संसदलाई अपाङ्गता भएका नागरिकहरूसम्म पु‍र्‍याउन पुलको काम गर्ने प्रतिवद्धता जनाएकी छन् । ‘संसदमा के भइरहेको छ, त्यो खबर हामीले पाउँदैनौँ । यो कुरा त पटक–पटक उठाएको हो,’ उनले भनिन्, ‘दोभासेको माग गर्दागर्दै यत्रो समय बित्यो । संयोगले आफैँ सांसद बन्ने बेला आएछ । अब यो संसदलाई हाम्रो समुदायसम्म पु‍र्‍याउन म पुल बनेर काम गर्छु ।’

समानुपातिक बन्द सूचीबाट १ नम्बरमा रहेकी आदिवासी जनजाति महिला कोटाबाट सांसद बनेकी म्याग्दीकी विमला गौचनको हृदयघातबाट निधन भएपछि उक्त कोटामा पाँचौँ नम्बरकी सुनीता सांसद बन्न लागेकी हुन् ।

योसँगै गण्डकी प्रदेश सभा सदस्यमा पहिलो पटक अपाङ्गता भएका व्यक्ति सांसद बन्ने पक्का भएको छ । श्रवण शक्ति नभएको व्यक्ति सांसद बन्ने भएपछि संसद सचिवालयले सभा भवनमा साङ्केतिक दोभासे राख्न अनिवार्य भएको छ । थापा नेपाली र अंग्रेजी भाषामा राम्रोसँग बोल्न सक्छिन् तर अरुले बोलेको फिटिक्कै सुन्दिनन् ।

श्रवणशक्ति गुमाउने घटना के थियो ?

२०४९ साउन ३० गते चापाकोटमा जन्मिएकी सुनिता जन्मजात श्रवणशक्तिविहीन भने होइनन् । ७ कक्षा पढ्दै गर्दा टाइफाइडले थलिएर अस्पतालबाट निस्किँदा उनको श्रवणशक्ति सुस्त भइसकेको थियो । श्रवणशक्ति गुमाएको पनि उनी कक्षामा फेल भएपछि मात्रै अरुलाई थाहा भएको हो । ‘कक्षाको राम्रो विद्यार्थी थिएँ । एक्कासी शिक्षकहरूले पढाएको सुन्न र बुझ्न छोडेँ । सुनिनँ भन्दा घरमा कसैले पत्याएन, साथीहरूले त झन् गिज्याए,’ सुनिताले भनिन् ।

राम्रो विद्यार्थी फेल भएपछि मात्रै अरुले आफ्नो श्रवणशक्ति गुमेकोमा विश्वास गर्न थालेको उनले बताइन् । त्यसपछि परिवारले अस्पताल लगेर चेक गराउँदा बल्ल थाहा भयो श्रवणशक्ति गुमेको ।

सुनिताले शिक्षा शास्त्र सङ्कायमा स्नातकसम्मको अध्ययन गरेकी छन् । ‘श्रवणशक्ति नभएकाहरू पढ्ने विद्यालय छ भन्ने धेरै समयसम्म थाहा पनि भएन । पछि थाहा पाएपछि त्यतै पढ्न थालेँ,’ उनले भनिन्, ‘बल्लबल्ल स्नातक पास गरेको छु । त्यहाँबाट माथि पढाउने र सहयोग गर्ने दोभासे छैनन्, अनि कक्षा छोडेँ ।’

नेपालमा साङ्केतिक भाषाको शब्दकोष पर्याप्त नहुँदा सञ्चारमा धेरै समस्या पर्ने गरेको उनको गुनासो छ । ‘अझै पनि अरुसँग संवाद गर्न धेरै गाह्रो हुन्छ । साङ्केतिक भाषाको शब्दकोष सीमित छ नेपालमा,’ उनले भनिन्, ‘करिब ५ हजार मात्रै शब्द छन् । कतिपय कुराहरू म भन्न चाहन्छु तर शब्दको सङ्केतहरू नै छैन । सञ्चारमा अवरोध हुन्छ, चाहेको कुरा पूरै व्यक्त गर्न सकिँदैन ।’

नेपाली कांग्रेसले सुनितालाई प्रदेश सभा सदस्यमा मनोनीत गरेसँगै अब निर्वाचन आयोगले अनुमोदन गरेपछि पद तथा गोपनीयताको शपथ ग्रहण हुन्छ । ‘आयोगले सांसद कायम गरेपछि सभामुखबाट शपथ गराइन्छ,’ संसद सचिवालयका सचिव हरिराज पोखरेलले भने । ‘प्रदेश सभा सचिवालयसम्म औपचारिक निर्णय आइपुगेपछि शपथ हुन्छ,’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेँडा, आल...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ मा काठमाडौँमा हुने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यस...

ताप्लेजुङ केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प

काठमाडौं। ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मि...

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

काठमाडौँ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु महिलाहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्...

बुद्ध एयर जहाज दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

 झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भ...

आजको मौसम : हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएक...

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending