काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुको नाफा २२ अर्ब २९ करोड पुगेको छ । नेपाल हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्म २२ अर्ब २९ करोड खुद नाफा कमाएका हुन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कार्तिक महिनामा मात्रै वाणिज्य बैंकहरुले ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् । यो असोज नहिनाको तुलनामा ३७.७४ प्रतिशतले धेरै हो । बैंकहरुले असोज मसान्तसम्म १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
कुन बैंकले कति कमाए ?
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कार्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । यो बैंकले २ अर्ब ६९ करोड नाफा कमाएको हो ।
ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा छ । यो बैंकले कार्तिक मसान्तसम्म २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रो स्थानमा छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक । यो बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसैगरी धेरै नाफा कमाउनेको चौंथो स्थानमा छ प्राइम कर्मसियल बैंक । यसले १ अर्ब ६२ करोड नाफा आर्जन गर्न सफल भएको छ ।
चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाउँदा एभरेष्ट बैंकले १ अर्ब ५० करोड र एनएमबी बैंकले १ अर्ब ४८ करोड कमाएको छ । प्रभु बैंकले १ अर्ब २३ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड र नेपाल एसबिआइ बैंकले १ अर्ब नाफा कमाएका छन् ।
यसैगरी, नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ कमाएको छ । कार्तिकसम्मको अवधीमा राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ३७ लाख, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सानिमा बैंकले ६५ करोड १३ लाख, सिटिजन बैंकले ४३ करोड ८६ लाख, एनआईसी एशिया बैंकले ३८ करोड ८१ लाख नाफा कमाएका छन् ।
यो अवधीमा १९ वटा बैंकको नाफा बढ्दा कृषि विकास बैंकले २२ करोड ७७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८१ - १५:२९
काठमाडौं । नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो । नेपाल...
पौष २८ गते, २०८१ - १५:१९
काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आईतवार का...
पौष २८ गते, २०८१ - १५:१५
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले कांग्रेस र एमाले सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बता...
पौष २८ गते, २०८१ - १५:१५
हुम्ला । सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाको बेरुजु आठ आर्थिक वर्षमा नौ करोडभन्दा बढी देखिएको छ । बर्सेनि बेरुजु आकार घटाउनेतर्फ गाउँपालिकाले ध्यान...
पौष २८ गते, २०८१ - १५:११
बाँके । नहरमा डुबेर युवकको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–१९ बस्ने २७ वर्षीय अर्जुन मुसारको सोही ठाउँस्थित नहरमा डुबेर शनिबार साँझ मृत्यु भएक...
पौष २८ गते, २०८१ - १५:०५
काठमाडौं । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका ४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । दूरदराजका क्षेत्रमा समेत प्रभावकारी दूरसञ्चार...
पौष २८ गते, २०८१ - १४:५६
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नु पर्ने बताएका छन। आइतबार दाङमा नेपाल उत्पीडित जातीय मुक्...
पौष २८ गते, २०८१ - १४:४८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको...
पौष २८ गते, २०८१ - १४:४४
सुनसरी । पूर्व अन्तराष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ तथा मोडल बादल श्रेष्ठको अभिनयमा रहेको “जङ्गली काँडा” नामको म्युजिक भिडियो इटहरीमा एक कार्यक्...
पौष २८ गते, २०८१ - १४:४२
जनकपुरधाम । मधेशी दलहरुले एकता र सहकार्यको गृहकार्यमा जुटेको बेला राष्ट्रिय पिछडा वर्ग महासंघले सबै पक्षलाई समेट्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको...
प्रतिकृया लेख्नुहोस्: