काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुको नाफा २२ अर्ब २९ करोड पुगेको छ । नेपाल हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्म २२ अर्ब २९ करोड खुद नाफा कमाएका हुन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कार्तिक महिनामा मात्रै वाणिज्य बैंकहरुले ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् । यो असोज नहिनाको तुलनामा ३७.७४ प्रतिशतले धेरै हो । बैंकहरुले असोज मसान्तसम्म १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
कुन बैंकले कति कमाए ?
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कार्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । यो बैंकले २ अर्ब ६९ करोड नाफा कमाएको हो ।
ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा छ । यो बैंकले कार्तिक मसान्तसम्म २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रो स्थानमा छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक । यो बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसैगरी धेरै नाफा कमाउनेको चौंथो स्थानमा छ प्राइम कर्मसियल बैंक । यसले १ अर्ब ६२ करोड नाफा आर्जन गर्न सफल भएको छ ।
चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाउँदा एभरेष्ट बैंकले १ अर्ब ५० करोड र एनएमबी बैंकले १ अर्ब ४८ करोड कमाएको छ । प्रभु बैंकले १ अर्ब २३ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड र नेपाल एसबिआइ बैंकले १ अर्ब नाफा कमाएका छन् ।
यसैगरी, नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ कमाएको छ । कार्तिकसम्मको अवधीमा राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ३७ लाख, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सानिमा बैंकले ६५ करोड १३ लाख, सिटिजन बैंकले ४३ करोड ८६ लाख, एनआईसी एशिया बैंकले ३८ करोड ८१ लाख नाफा कमाएका छन् ।
यो अवधीमा १९ वटा बैंकको नाफा बढ्दा कृषि विकास बैंकले २२ करोड ७७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...
आषाढ़ ६ गते, २०८३ - ०९:११
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...
आषाढ़ ६ गते, २०८३ - ०८:४९
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...
आषाढ़ ६ गते, २०८३ - ०८:४१
विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...
आषाढ़ ६ गते, २०८३ - ०८:३७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...
आषाढ़ ६ गते, २०८३ - ०८:३४
ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...
आषाढ़ ६ गते, २०८३ - ०८:३०
काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...



प्रतिकृया लेख्नुहोस्: