Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सबैभन्दा बढी सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरुमा रहेका छन्ः अध्यक्ष प्रचण्ड

सहकारी ठगी गरेपछि श्रीमतीलाई डिभोर्स दिइसकेको भन्दै सँगै बसेकाहरुलाई अनुसन्धान गर्न पर्दैैन ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरुमा रहेको दाबी गरेका छन् । चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परिसकेको बताएका हुन् ।

उनले भने, ‘उनीहरुले जालझेल गरेर सहकारी ठगी गरेपछि श्रीमतीलाई डिभोर्स दिइसकेको भन्दै सँगै बसेका कुराहरु हामीले देखिरहेका छौं । तिनै नाटकबाजहरुलाई नै बचाउन यो सरकार लागिपरेको छ । अहिले उहाँहरुले एउटा पाउनुभएको रवि लामिछाने, जो यही चितवनबाट दुईदुई पटक अत्यधिक मतले जित्नुभयो । अहिले उहाँलाई राजनीतिक प्रतिशोधले जो गरिएको छ, अहिले त आतंकित पार्ने ढंगले मध्यरातमा प्रहरीबाट ज्यादती भएको पनि सुन्छु ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेबारे बुझ्दा सहकारी प्रकरणमा केही छैन भन्ने सबै सरकारी निकायबाट सूचना आएपछि सदनमा पनि बोलेको बताए ।

उनले भने, ‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरुलाई भनेको छु, किन हिरासतमा राख्नुपर्‍यो ? छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि १ रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ । रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्‍यो । सरकारले यो विषयमा ज्यादती गर्दा भने संसदको विशेष अधिवेशन बोलाएर हामी त्यहाँबाट पनि विरोध जनाउँछौं । साथै विपक्षी र सरकारमा भएकाहरुको पनि समर्थनमा हामी काठमाडौंमा ठूलो प्रदर्शन गर्छौं ।’

May be an image of 7 people and textMay be an image of one or more people and crowdMay be an image of one or more people, speaker and crowd
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending