Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा

खबरडबली संवाददाता

भैरहवा  । स्थानीय उत्पादनको प्रबद्र्धन, एकअर्काबीच अनुभव आदानप्रदान, लगानीको वातावरण सिर्जना र पर्यटकीय विकास तथा प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी सम्बन्ध कायम गरिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा भैरहवामा आयोजित ९औं लुम्बिनी राष्ट्रिय महोत्सवको अवसरमा मितेरी निजी क्षेत्रका प्रभावशाली दुई संस्थाबीच मितेरी साइनो गाँसिएको हो । यसले दुबै जिल्ला र प्रदेशका उद्योगी–व्यवसायीहरुका साथै सर्वसाधरणलाई समेत फाइदा पुग्ने अपेक्षा राखिएको छ । सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षसहितको टोली महोत्सव अवलोकनको लागि भैरहवा आएको अवसरमा मितेरी साइनो गाँसिएको थियो ।

रुपन्दही र सुर्खेतको प्रवद्र्धन र आत्मियता बढाउनका लागि समेत यसले योगदान दिने दावी दुबै संस्थाले गरेका छन् । ‘हमीले सुर्खेतमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आएका छौं । रुपन्देही औद्योगिक एवं पर्यटकीय हबको रुपमा विकास भइसकेको छ । यहाँ आएर मितेरी साइनो गाँस्दा दुबै जिल्लालाई लाभ मिल्ने ठानेका छौं’, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘हामी दुई संघको सहकार्यले देशको अर्थतन्त्रमा टेवा पुग्नुका साथै हाम्रो यो मित्रवत सम्बन्ध पनि सयौँ वर्षका लागि हुनेछ ।’

उनले दुबै संस्थाले एकअर्का ठाउँको उत्पादनको प्रवद्र्धन, बजारीकरण र पर्यटकीय स्थलको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । ‘लुम्बिनीसहितका पर्यटकीयस्थलमा आएका पर्यटकलाई सुर्खेतसहित कर्णालीका गन्तव्यमा पठाउन तपाईंहरु पहल गर्नुस्’, उनले भने, ‘उता आएका र आन्तरिक पर्यटकलाई हामीले यता पठाउन पहल र प्रोत्साहन गर्छौं ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दुबै संघबीचको मितेरी सम्बन्धले दुबै क्षेत्रको उद्योग व्यवसाय, पर्यटन लगायतका क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘हामी त्यसै पनि एकअर्काबीचको सम्बन्ध कायम भएका संस्था हौं । अझ मितेरी सम्बन्धले प्रघाढ बनाएको छ । यसमा हामी खुसी छौं’, उनले भने, ‘यसले समग्रमा लुम्बिनी र कर्णाली प्रदेशको समग्र क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेछ ।’ उनले संघमा कुनै राजनैतिक हस्तक्षेप नरहेको र निष्पक्ष रुपमा उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्दै आएको बताए ।

सिद्धार्थ उद्योगी वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले लामो इतिहास बोकेको दुई उद्योगी व्यवसायीहरुको संघबीचको सहकार्यले व्यवसायी सँगै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिकामा रहने बताए । साथै दुई क्षेत्रका उद्योगी व्यवसायीहरुको समस्या, चुनौती, अवसर र सम्भावनाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका महाससचिव कृष्णप्रसाद घिमिरे, सचिव मंगल भण्डारी, कोषाध्यक्ष कमल मरासिनी लगायत पदाधिकारी र कार्यसमिति, सुर्खेतबाट निर्वतमान अध्यक्ष धनबहादुर रावत, वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेमबहादुर रावत, उद्योग उपाध्यक्ष सिंहराज बम, महिला उपाध्यक्ष तारा रावत, महासचिव भद्र भण्डारी, उपमहासचिव कृष्णप्रसाद सुवेदी, कोषाध्यक्ष रामप्रसाद पाण्डे लगायतको उपस्थिति थियो ।

लुम्बिनी महोत्सवमा ४० जिल्लाका उत्पादन प्रदर्शनीका लागि राखिएको छ । यसमा सुर्खेतसहित कर्णाली प्रदेशका थुप्रै स्थानीय उत्पादन पनि स्टलमा रहेको संघले जनाएको छ । यसले पनि दुबै संस्थाको सम्बन्धलाई थप फराकिलो बनाएको जनाइएको छ । महोत्सवले स्वदेशी उत्पादन र पर्यटकीय विकासमा टेवा पुर्याई यस क्षेत्रको आर्थिक गतिविधिलाई फस्ट्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखराको लेकसाइडमा खानेपानी समस्या

कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...

म्याग्दीमा रासायनिक मलको अभाव

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...

बस र ट्रक ठोक्किँदा नवलपरासी पश्चिममा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...

खाली पेटमा लिची खानु जोखिमपूर्ण, बालबालिकामा गम्भीर असर पर्न सक्ने चेतावनी

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...

ब्राजिलको दमदार प्रदर्शन, हाइटी विश्वकपबाट बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...

गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ

विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...

दाङमा दुई अटो ठोक्किँदा ९ जना घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...

भोटो जात्रामा प्रधानमन्त्री शाहको उपस्थितिबारे अझै अन्योल

ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...

आज केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending