Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा

खबरडबली संवाददाता

भैरहवा  । स्थानीय उत्पादनको प्रबद्र्धन, एकअर्काबीच अनुभव आदानप्रदान, लगानीको वातावरण सिर्जना र पर्यटकीय विकास तथा प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी सम्बन्ध कायम गरिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा भैरहवामा आयोजित ९औं लुम्बिनी राष्ट्रिय महोत्सवको अवसरमा मितेरी निजी क्षेत्रका प्रभावशाली दुई संस्थाबीच मितेरी साइनो गाँसिएको हो । यसले दुबै जिल्ला र प्रदेशका उद्योगी–व्यवसायीहरुका साथै सर्वसाधरणलाई समेत फाइदा पुग्ने अपेक्षा राखिएको छ । सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षसहितको टोली महोत्सव अवलोकनको लागि भैरहवा आएको अवसरमा मितेरी साइनो गाँसिएको थियो ।

रुपन्दही र सुर्खेतको प्रवद्र्धन र आत्मियता बढाउनका लागि समेत यसले योगदान दिने दावी दुबै संस्थाले गरेका छन् । ‘हमीले सुर्खेतमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आएका छौं । रुपन्देही औद्योगिक एवं पर्यटकीय हबको रुपमा विकास भइसकेको छ । यहाँ आएर मितेरी साइनो गाँस्दा दुबै जिल्लालाई लाभ मिल्ने ठानेका छौं’, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘हामी दुई संघको सहकार्यले देशको अर्थतन्त्रमा टेवा पुग्नुका साथै हाम्रो यो मित्रवत सम्बन्ध पनि सयौँ वर्षका लागि हुनेछ ।’

उनले दुबै संस्थाले एकअर्का ठाउँको उत्पादनको प्रवद्र्धन, बजारीकरण र पर्यटकीय स्थलको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । ‘लुम्बिनीसहितका पर्यटकीयस्थलमा आएका पर्यटकलाई सुर्खेतसहित कर्णालीका गन्तव्यमा पठाउन तपाईंहरु पहल गर्नुस्’, उनले भने, ‘उता आएका र आन्तरिक पर्यटकलाई हामीले यता पठाउन पहल र प्रोत्साहन गर्छौं ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दुबै संघबीचको मितेरी सम्बन्धले दुबै क्षेत्रको उद्योग व्यवसाय, पर्यटन लगायतका क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘हामी त्यसै पनि एकअर्काबीचको सम्बन्ध कायम भएका संस्था हौं । अझ मितेरी सम्बन्धले प्रघाढ बनाएको छ । यसमा हामी खुसी छौं’, उनले भने, ‘यसले समग्रमा लुम्बिनी र कर्णाली प्रदेशको समग्र क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेछ ।’ उनले संघमा कुनै राजनैतिक हस्तक्षेप नरहेको र निष्पक्ष रुपमा उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्दै आएको बताए ।

सिद्धार्थ उद्योगी वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले लामो इतिहास बोकेको दुई उद्योगी व्यवसायीहरुको संघबीचको सहकार्यले व्यवसायी सँगै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिकामा रहने बताए । साथै दुई क्षेत्रका उद्योगी व्यवसायीहरुको समस्या, चुनौती, अवसर र सम्भावनाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका महाससचिव कृष्णप्रसाद घिमिरे, सचिव मंगल भण्डारी, कोषाध्यक्ष कमल मरासिनी लगायत पदाधिकारी र कार्यसमिति, सुर्खेतबाट निर्वतमान अध्यक्ष धनबहादुर रावत, वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेमबहादुर रावत, उद्योग उपाध्यक्ष सिंहराज बम, महिला उपाध्यक्ष तारा रावत, महासचिव भद्र भण्डारी, उपमहासचिव कृष्णप्रसाद सुवेदी, कोषाध्यक्ष रामप्रसाद पाण्डे लगायतको उपस्थिति थियो ।

लुम्बिनी महोत्सवमा ४० जिल्लाका उत्पादन प्रदर्शनीका लागि राखिएको छ । यसमा सुर्खेतसहित कर्णाली प्रदेशका थुप्रै स्थानीय उत्पादन पनि स्टलमा रहेको संघले जनाएको छ । यसले पनि दुबै संस्थाको सम्बन्धलाई थप फराकिलो बनाएको जनाइएको छ । महोत्सवले स्वदेशी उत्पादन र पर्यटकीय विकासमा टेवा पुर्याई यस क्षेत्रको आर्थिक गतिविधिलाई फस्ट्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending