काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथिको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार रोक्न सरकारसँग माग गरेका छन् । कांग्रेस र एमालेका नेताहरुको हकमा कुनै छानबिन नै नगरी सरकारले नाङ्गो भेदभावपूर्ण कार्य गरेको उनको भनाइ छ।
उनले फेसबुकमा लेखेका छन्, ‘हाल म देश बाहिर रहेकै अवस्थामा लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नुपर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानूनी, मानव अधिकारविरोधी, अपमानजनक तथा प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’
पूर्वगृहमन्त्री लामिछानेबाहेक कांग्रेस र एमालेका नेताहरुमाथि छानबिन नगरेकोप्रति उनले आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘यस सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं, तर सरकारले लामिछानेबाहेक नेपाली कांग्रेस र एमालेका नेताहरुको हकमा कुनै छानबिन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर विरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस् भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको आजको मुख्य कार्यभार सामाजिक आर्थिक रुपान्तरण वा समृद्धिको प्रक्रियालाई तीब्र पार्नु र त्यसको प्रतिफल आमजनताले आफ्नो जीवनमा प्रत्यक्ष भोग गर्न पाउने अवसर प्रदान गर्नु भएको बताए ।
उनले अगाडि भनेका छन्, ‘सबै प्रकारको अनियमितता एवं भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रुपमा अघि बढाएर सुशासन कायम गर्नु आवश्यक छ । विकासलाई फड्कोको विन्दुमा पुर्याउन सुशासन एक मुख्य पूर्वशर्त हो । त्यसैले हाम्रो पार्टीको नेतृत्वको यसअघिको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको नारालाई केन्द्रमा राखेर यस दिशामा प्रभावकारी रुपमा कार्य अघि बढाएको थियो । यस सन्दर्भमा हाम्रो स्पष्ट दृष्टिकोण र मत छ कि जुनसुकै पदीय वा अन्य जुनसुकै हैसियतको भए पनि भष्टाचारको अनुसन्धान हुनसक्छ वा हुनुपर्छ र स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जोसुकै भए पनि कारबाही गरिनुपर्दछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...
आषाढ़ ६ गते, २०८३ - ०९:११
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...
आषाढ़ ६ गते, २०८३ - ०८:४९
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...
आषाढ़ ६ गते, २०८३ - ०८:४१
विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...
आषाढ़ ६ गते, २०८३ - ०८:३७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...
आषाढ़ ६ गते, २०८३ - ०८:३४
ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...
आषाढ़ ६ गते, २०८३ - ०८:३०
काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...



प्रतिकृया लेख्नुहोस्: