Khabar Dabali २५ कार्तिक २०८२ सोमबार | 10th November, 2025 Mon
Investment bank

सुनसरीबाट ६४ किलो गाँजा बरामद

खबरडबली संवाददाता

काठमाडौं। सुनसरी जिल्लाको भोक्राहानरसिँह गाउँपालिका८ सोनियाहीस्थित सीमा ईलाकाबाट करीब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले मंसिर २४ गते बरामद गरेको छ।

नेपालबाट  भारततर्फ  लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल   नं. ४ गण सुनसरि मातहत   बोर्डर आउट पोष्ट उल्टीले बरामद गरेको हो। गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए।

यस अघि सोही गण मातहत बिओपी साहेबगंजले  बर्जु गाउँपालिका-६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो।

यसै गरि मंसिर २२ गते सोही जिल्लाको हरिनगर गाउँपालिका-७ स्थित सीमा ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीब २ लाख ५९ हजार १ सय ४ रुपैयाँ बराबरको ३ हजार वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल बोर्डर आउट पोष्ट घुस्की सुनसरीले बरामद गरेको थियो भने सोही गाउँपालिका(५ सुकसेना स्थित भित्री सडकखण्डबाट मंसीर २० गते बोर्डर आउट पोष्ट बसन्तपुरले करीव ९४ हजार रुपैयाँ बराबरको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल औषधि बरामद गरेको थियो।

यसैगरी मंसिर १९ गते सोही जिल्लाको धरान उपमहानगरपालिका–८ सेउतीखोलास्थित कोशी लोकमार्गबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सोही उपमहानगरपालिका–१३ अनामटोल बस्ने ४१ बर्षिय रोशन मगर र अमरपथ बस्ने ३७ बर्षिय प्रकाश राईलाई सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले नियन्त्रणमा लिएको हो ।

को २५ प ८११ नम्बरको स्कुटरमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा ३४ वटा प्रोमेथाजिन, ३५ वटा बुप्रेनोर्फिन, ३५ वटा डाईजेपाम र ३५ वटा फेनिरामीनसहित नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुलाम अलिको नेपाली गीत गजल उनकै गीत उनकै’ सार्वजनिक

काठमाडौंँ । विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताज गुलान अलि खान, छोरा आमीर गुलान अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर रहेक...

कुमारी र प्राइम बैंकलाई राष्ट्र बैंकको कारबाही : नियम उल्लङ्घनका कारण सचेत

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेको ठहर गर्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिम...

भीम रावलको राजनीतिक फिर्ती : प्रचण्ड–माधव गठबन्धनमा नयाँ शक्ति सन्तुलन

काठमाडौं।  नेकपा (एमाले) बाट निष्कासित भइसकेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल अब प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश ...

एमालेमा फर्किँदै रामकुमारी झाँक्री

काठमाडौं। तत्कालीन एकीकृत समाजवादीको निणर्यबाट असुन्तुष्ट एक समूह आज नेकपा (एमाले)मा फर्किने तयारीमा रहेको छ। पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक...

मधेशलाई स्वायत्त घोषणा गर्न राउतकाे माग

काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न सार्वजनिक आह्वान गरेका छन्। राजधानीमा चिकित्साका लागि जाने क्रममा...

मधेशमा राजनीतिक तनाव : मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध तोडफोड र नाराबाजी

जनकपुरधाम  ।  मधेश प्रदेशमा नयाँ राजनीतिक तनाव उत्पन्न भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई...

मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन लिङ्देनको निर्देशन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी कञ्चन बिच्छालाई तत्काल फि...

सुनको मूल्य एकैदिनमा तोलामा २ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ ।  नेपाली बजारमा सोमबार सुनको मूल्य एकैदिनमा तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ। लगातारको उतार–चढावपछि आज पुनः सुनको दरमा उल्लेखनीय वृद्धि भ...

चुनाव प्रचारमा लागेर पठनपाठन नछाड्न शिक्षामन्त्री पुनको शिक्षकलाई आग्रह

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिमा लागेर पठनपाठन प्रभावित नगर्न शिक्षकहरूलाई अनुरोध गरेका छन् । आइतबार शिक...

असंवैधानिक सरकारले चुनाव गराउँछ भन्ने भ्रम पाल्न जरुरी छैनः पूर्वमन्त्री दाहाल

झापा । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमै नरहेको आरोप लगाएका छन्।  उनले सरकारका ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending