Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

सुनसरीबाट ६४ किलो गाँजा बरामद

खबरडबली संवाददाता

काठमाडौं। सुनसरी जिल्लाको भोक्राहानरसिँह गाउँपालिका८ सोनियाहीस्थित सीमा ईलाकाबाट करीब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले मंसिर २४ गते बरामद गरेको छ।

नेपालबाट  भारततर्फ  लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल   नं. ४ गण सुनसरि मातहत   बोर्डर आउट पोष्ट उल्टीले बरामद गरेको हो। गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए।

यस अघि सोही गण मातहत बिओपी साहेबगंजले  बर्जु गाउँपालिका-६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो।

यसै गरि मंसिर २२ गते सोही जिल्लाको हरिनगर गाउँपालिका-७ स्थित सीमा ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीब २ लाख ५९ हजार १ सय ४ रुपैयाँ बराबरको ३ हजार वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल बोर्डर आउट पोष्ट घुस्की सुनसरीले बरामद गरेको थियो भने सोही गाउँपालिका(५ सुकसेना स्थित भित्री सडकखण्डबाट मंसीर २० गते बोर्डर आउट पोष्ट बसन्तपुरले करीव ९४ हजार रुपैयाँ बराबरको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल औषधि बरामद गरेको थियो।

यसैगरी मंसिर १९ गते सोही जिल्लाको धरान उपमहानगरपालिका–८ सेउतीखोलास्थित कोशी लोकमार्गबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सोही उपमहानगरपालिका–१३ अनामटोल बस्ने ४१ बर्षिय रोशन मगर र अमरपथ बस्ने ३७ बर्षिय प्रकाश राईलाई सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले नियन्त्रणमा लिएको हो ।

को २५ प ८११ नम्बरको स्कुटरमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा ३४ वटा प्रोमेथाजिन, ३५ वटा बुप्रेनोर्फिन, ३५ वटा डाईजेपाम र ३५ वटा फेनिरामीनसहित नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखराको लेकसाइडमा खानेपानी समस्या

कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...

म्याग्दीमा रासायनिक मलको अभाव

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...

बस र ट्रक ठोक्किँदा नवलपरासी पश्चिममा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...

खाली पेटमा लिची खानु जोखिमपूर्ण, बालबालिकामा गम्भीर असर पर्न सक्ने चेतावनी

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...

ब्राजिलको दमदार प्रदर्शन, हाइटी विश्वकपबाट बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...

गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ

विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...

दाङमा दुई अटो ठोक्किँदा ९ जना घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...

भोटो जात्रामा प्रधानमन्त्री शाहको उपस्थितिबारे अझै अन्योल

ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...

आज केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending