भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको हो । रायमाझी लुम्बिनी खबरको सम्पादक हुन् ।
क्लबको दुई उपाध्यक्ष मदतानबाट चयन गरिएको हो भने अन्य पदमा सर्वसम्मत समिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उपाध्यक्षमा दीपेन्द्र बडुवाल (२४) र दीपक घिमिरे (२६) मत ल्याएर निर्वाचित भए । उनीहरुका प्रतिस्पर्धी शंकरप्रसाद पाण्डेले १४ र माधब न्यौपानेले ९ मत पाए । बडुवाल कान्तिपुर दैनिकको लुम्बिनी प्रदेश ब्यूरो प्रमुख हुन् भने घिमिरे खबरपात्रो डटकमका प्रधान सम्पादन हुन् ।
यस्तै, क्लबको महासचिवमा प्रकाश न्यौपाने सर्वसम्मत निर्वाचित भए । उनी पब्लिक कुरा डटकमको सम्पादक हुन् भने भैरहवाबाट न्यूज २४ टीभी र लुम्बिनी टिभीमा रिपोर्टिङ गर्छन् । यस्तै, क्लबको सचिवमा शशि पन्थी, कोषाध्याक्षमा विष्णुप्रसाद भट्टराई र सहकोषाध्यक्षमा रविन्द्रप्रताप गुप्ता चयन भएका छन् । पन्थी बुटवल टुडे, भट्टराई गौतमबुद्ध सन्देश र गुप्ता प्रराइम टाइम्स टीभीमा आबद्ध छन् ।
क्लबको कार्यसमिति सदस्यमा मोहम्मद हविव, प्रतीक पौडेल, भीम भण्डारी, एलिना आचार्य, रुविना थापा मगर र अस्मिता अधिकारी चयन भएका छन् । हविव लुम्बिनी दैनिक, पौडेल जनता टिभी, भण्डारी पब्लिक कुरा डटकम, आचार्य रेडियो नेपाल, मगर लुम्बिनीखबर र अधिकारी समता टिभीमा आबद्ध छन् । यस्तै क्लबको तालिम समिति संयोजकमा अरुणराज शर्मा ज्ञवाली र सदस्यमा झब्बर यादव चयन भएका छन् । ज्ञवाली स्टारखबर नेपाल डटककम र यादव लुम्बिनी खबरमा आबद्ध छन् । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी चयन भएका छन् । उनी सिद्धार्थ एफएममा आबद्ध छन् ।
निर्वाचित भएपछि क्लबका अध्यक्ष रायमाझीले संस्थागत हीतलाई माथि उठाउने गरी काम गर्ने जनाए । उनले क्लबका सदस्यहरुको बृत्तिविकासमा योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले एकढिक्का भएर रचनात्मक काम गर्ने छौं’, उनले भने, ‘यसका लागि सबैको साथसहयोग रहने विश्वास लिएको छु ।’
भैरहवा, धकधई, लुम्बिनी र मर्चवार क्षेत्रका पत्रकार आबद्ध प्रेस क्लबले यस क्षेत्रमा विगत लामो समयदेखि रचनात्मक र सिर्जनशील काम गर्दै आएको छ । यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा क्षेत्रमा प्रेस क्लबले खेलको भूमिका सह्रानीय रहेको जनाए । उनले आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायत हरेक क्षेत्रमा क्लबमा आबद्ध पत्रकारहरुले सकारात्मक कलम चलाउँदा धेरै कुराहरु परिवर्तन र सुधारमा सहयोग पुगेको जनाए ।
यस्तै, संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य, क्लबका संस्थापक अध्यक्ष माधब ढुंगाना, पूर्वअध्यक्ष नरेश केसी, सल्लाहकार कुलमणि ज्ञवाली, मनोरंजन शर्मा लगायतले बोल्दै संस्थागत विकास र भैरहवा क्षेत्रको आर्थिक समृद्धिका लागि क्लब र यसमा आबद्ध पत्रकारहरुले आफ्नो कलममार्फत् भूमिका निभाउनुपर्नेम जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: